१९ असार २०८३, शुक्रबार

प्रदेशसभा बैठक सञ्चालन गर्न कांग्रेसको माग

चैत ३, २०७६
प्रदेशसभा बैठक सञ्चालन गर्न कांग्रेसको माग
फाइल फोटो

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा प्रमुख प्रतिपक्ष दलका नेता डा. रणबहादुर रावलले गत माघदेखि सञ्चालन हुन नसकेको प्रदेशसभा बैठक सञ्चालन गर्न प्रदेश सरकारको कुनै सुरसार नदेखिएको आरोप लगाएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयले सोमवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइसरको संक्रमण, सीमा अतिक्रमण, शान्ति सुरक्षा जस्ता गम्भीर प्रश्नका विषय सदनमा छलफलका लागि चाँडोभन्दा चाँडो प्रदेशसभा सञ्चालन गर्न प्रदेश सरकारसँग जोडदार माग गरे ।

प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमलाई लिएर कुनै रणनीति बनाएर अगाडि बढ्न नसकेको नेता रावलले उल्लेख गरे । ‘अलग्गै ठाउँमा आइसोलेसन वार्ड बनाएर यावत् कुराप्रति ध्यान दिन जरुरी छ,’ उनले भने ।

जनताले आशा र अपेक्षा गरेको दुईतिहाइ बहुमतको प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको राजपाका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले प्रदेश सरकारले छिटोभन्दा छिटो प्रदेशसभा सञ्चालन गरेर गम्भीर सवालमा आफूहरूले छलफल गर्न पाउनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्