
काठमाडौंको सानो भर्याङबाट १० लाख मास्क सहित एक जना पक्राउ परेका छन् ।
गोरखाका युवराज न्याउपानेलाई कालो बजारी गर्न राखेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले १० लाख माग सहित पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) सहकुल थापाले लोकान्तरलाई बताए ।