०८ साउन २०८३, शुक्रबार

पूर्व प्रधानन्यायाधीश श्रेष्ठको निधनले भोलि सबै अदालत बन्द

चैत ५, २०७६
पूर्व प्रधानन्यायाधीश श्रेष्ठको निधनले भोलि सबै अदालत बन्द

सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधवार भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा बिहीवार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठको निधनपछि बुधवार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनको शोकमा बिहीवार सम्पूर्ण अदालत तथा न्यायाधीकरण बन्द गर्ने निर्णय गरेको हो ।

धनकुटा जिल्लामा १९८९ चैत ३० गते जन्मेका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ भदौ २४ गते प्रधानन्यायाधीश भएका थिए । उनी उमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त भएका थिए ।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको र मुलुकले देवानी कानूनका क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार र  मृदुभाषी व्यक्तित्व गुमाएको उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्