०३ असार २०८३, बुधबार

कोरोनाले मान्छे मरेको भनेर अफवाह फैलाउने पक्राउ

कोरोनाले मान्छे मरेको भनेर अफवाह फैलाउने पक्राउ

काठमाडौंको नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमणले मान्छेको मृत्यु भएको भनेर अफवाह फैलाउने रामेछापका विवेक थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

साइबर अपराध अनुसन्धान ब्यूरोका एसएसपी नविन्द्र अर्यालले भक्तपुर सिपाडोलमा अनाधिकृत रुपमा अनलाइन सञ्चालन गर्दै आएका थापा मगरलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।

मगरले नर्भिक अस्पतालमा मान्छे मरेको भनेर तयार पारेको अडियो सन्देश सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अस्पतालले शनिवारै विज्ञप्ति जारी गर्दै अडियो सन्देश भ्रामक भएको स्पष्ट पारिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्