१९ असार २०८३, शुक्रबार

दुई करोड २३ लाख ६० हजार मूल्य बराबरको सुनसहित पक्राउ

कात्तिक २०, २०७४
दुई करोड २३ लाख ६० हजार मूल्य बराबरको  सुनसहित पक्राउ
रसुवा, ७ पुस - नेपालको उत्तरी नाका रसुवागढीबाट अवैध रुपमा ल्याइएको पाँच किलोग्राम सुनसहित बुधबार  बिहान रसुवा गत्लाङ–२ का २८ वर्षीय वीरेन लामा पक्राउ परेका छन् ।gold

केरुङबाट नेपाल आएको बा २८ प ७४५४ नंको मोटरसाइकल रसुवागढीमा जाँच गर्दा मोटरसाइकलको फिल्टर जालीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए ।
बरामद सुनको बजारमूल्य रु दुई करोड २३ लाख ६० हजार बराबर रहेको प्रहरीको भनाइ छ । तामाङका साथबाट मोबाइल दुई थान, नेपाल चीन सीमा क्षेत्रका बासिन्दाका लागि उपलब्ध गराइएको केरुङ जाने अनुमतिपत्र एक थान र रु नौ हजार बरामद गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्