०८ साउन २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

यसअघि फागुन १८ गते बसेको बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

आजको बैठकमा उक्त समितिले गरेका निर्णय र कामकारवाहीको समीक्षा हुनुका साथै भावी रणनीति तय गर्ने  विषयमा छलफल हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्