२० असार २०८३, शनिबार

एन्फाका फूटबलसम्बन्धी संरचना कोरोनाविरुद्ध क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने

एन्फाका फूटबलसम्बन्धी संरचना कोरोनाविरुद्ध क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने

अखिल नेपाल फुटबल संघ (एन्फा) को मातहतमा रहेको भौतिक संरचनालाई अस्थायी क्वारेन्टाइन र आइसोलेसनका रूपमा प्रयोग सकिने भएको छ ।

कोरोना भाइरसको महामारीविरुद्ध लड्न आवश्यक परेको खण्डमा आफ्नो भौतिक संरचनालाई अस्थायी क्वारेन्टाइन र आइसोलेसनका रूपमा प्रयोग गर्न सकिने एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको हो ।

एन्फाले सातदोबाटोको होस्टेल, बुटवल र धरानको एन्फा एकेडेमीको होस्टल, रौतहटको महिला एकेडेमीलाई अस्थायी क्वारेन्टाइन र आइसोलेसन आवश्यक परेको खण्डमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले प्रयोग गर्न सकिने जनाएको छ ।

त्यस्तै एन्फाले मानवीय विपद्को समयमा देशभरिका सबै खेलकूदका संरचनालाई पनि आवश्यक परेको खण्डमा प्रयोग गर्न र गराउन अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्