१२ असार २०८३, शुक्रबार

बहराइनमा ३ जना नेपालीलाई कोरोना संक्रमण

चैत १०, २०७६
बहराइनमा ३ जना नेपालीलाई कोरोना संक्रमण

वैदेशिक रोजगारका लागि बहराइन पुगेका तीन नेपाली कामदारलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । 

शनिवार दुई जना र आइतवार एक जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू ४० देखि ४६ वर्ष उमेरका छन् । 

यसअघि युएईमा रहेका दुई नेपालीमा संक्रमण देखिएको थियो । 

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले संक्रमित तिनै जना नेपालीको उपचार भइरहेको बताए । कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्