१६ असार २०८३, मंगलबार

लूटपाट गर्न काठमाडौंबाट मकवानपुर, बर्दीमै ३ जना प्रहरी पक्राउ

लूटपाट गर्न काठमाडौंबाट मकवानपुर, बर्दीमै ३ जना प्रहरी पक्राउ
सन्दर्भ तस्वीर

लूटपाट गर्न गएका ३ जना प्रहरी मकवानपुरबाट पक्राउ परेका छन् ।

लूटपाटमा संलग्न महानगरीय प्रहरी वृत दरबारमार्गमा कार्यरत १ जना असई र २ प्रहरी जवान पक्राउ परेका हुन् । 

काठमाडौंबाट मकवानपुरको पालुङमा लूटपाट गर्न गएका असई सुरेन बस्याल, जावनहरू हेमन्त मगर र वीरबहादुर बस्नेत पक्राउ परेका हन् ।

दरवारमार्ग वृतमा कार्यरत उनीहरू ड्यूटी सकिएपछि लुटपाट गर्न गएका थिए । 

लुटपाटमा संलग्न तीनै जनालाई हदैसम्मको कारवाही गरिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विश्वराज पोखरेलले बताए ।

‘उनीहरू कार्यालय समय सकिएपछि गएको देखिन्छ तर प्रहरीको बर्दी लगाएर अपराधमा संलग्न उनीहरूलाई हदैसम्मको कारवाही हुन्छ,’ प्रमुख डीआईजी पोखरेलले भने ।

salt training

कमेन्ट गर्नुहोस्