१६ असार २०८३, मंगलबार

पतिको टाउकोमा स्यान्डलले हान्दा शल्यक्रिया नै गर्नुपरेपछि...

चैत १०, २०७६
पतिको टाउकोमा स्यान्डलले हान्दा शल्यक्रिया नै गर्नुपरेपछि...

घरेलु हिंसामा सामान्य रूपमा महिला पतिको हिंसा र ऋ्रूरतको सिकार हुन्छिन् । तर, पछिल्लो समयमा सोसल मिडियामा एक तस्बिर व्यापक भाइरल भइरहेको छ, जसले घरेलु हिंसाको अर्को रूप देखाएको छ।

यसमा एक पुरुषको टाउकोमा लेडिज स्यान्डलको हिल घुसेको देख्न सकिन्छ । उनी शल्यक्रियाका लागि टेबुलमा सुतेका छन् ।

यद्यपि यो घटना पहिलो पटक २३ फेब्रुअरीमा मिडियामा आएको थियो । तर, हाल यो तस्बिर सबै सोसल मिडिया प्लेटफर्ममा तीव्र रूपमा भाइरल भइरहेको छ।

यो घटना कहाँको हो र कुन पुरुषको टाउकोमा स्यान्डलको हिल घुसेको छ, त्यसको विस्तृत विवरण भने दिइएको छैन। तर, मिडिया रिपोर्टका अनुसार पुरुष सुतिरहेको समयमा महिलाले उसको टाउकोमा स्यान्डल हानेको भन्न सकिन्छ।

महिलाले सायद यो सोचेकी थिइननू, उनको स्यान्डलको हिल उनको पतिको टाउकोमा यति नराम्ररी घुस्न सक्छ भनेर । तर घटनापछि घाइते पतिलाई महिलाले अस्पतालमा भर्ना गराएकी थिइन् ।
यसपछि सायद त्यहाँको कुनै कर्मचारीले यो फोटो खिचेर भाइरल गरिदिएका छन् ।

तस्बिरका अनुसार पुरुषको शल्यक्रिया गर्ने तयारी भइरहेको र उनी आईसीयूको अपरेसन टेबुलमा पल्टिरहेको देख्न सकिन्छ। 

मिडिया रिपोर्ट्समा महिलाले पतिको फोनमा कुनै फोटो वा शंकास्पद सम्पर्क नम्बर देखिएको हुन सक्छ र उनले कुनै शंकास्पद गतिविधि फेला पारेकी थिइन्, जसका कारण उनले आफ्नो होस गुमाइन् । कारोबार दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्