![कोरोनाको प्रभाव : सुनसान सिंहदरबार, फुर्सदमा काठमाडौंको सडक [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Singhadurbar_1_wPAsAxpf2U.jpg)
सधैं व्यस्त रहने प्रशासकीय केन्द्र सिंहदरबार र त्यसआसपाका क्षेत्र आज बिहानैदेखि सुनसान छ ।
नेपालमा कोरोना भाइरस (कोभिड १९) को दोस्रो संक्रमण पुष्टि भएपछि सरकारले मंगलवार बिहान ६ बजेदेखि एक साताका लागि लकडाउन घोषणा गरेकाले सडक सुनसान बनेको हो ।
कर्मचारीहरूलाई पनि बिदा दिइएकाले उनीहरू सिंहदरबार आएका छैनन् ।
सुरक्षाकर्मीहरू गेटमा उपस्थित छन्, नेपाल टेलिभिजन र रेडियो नेपालका पत्रकारबाहेक अन्यलाई सिंहदरबार प्रवेश गर्न दिइएको छैन । यी दुवैको कार्यालय सिंहदरबारभित्रै छ ।
नेपालमा भेटिएका पहिलो कोरोना संक्रमित निको भइसकेको अवस्थामा आइतवार साँझ दोस्रो संक्रमित भेटिएको थियो ।
गत मंगलवार फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी सरकारले सोमवार दिएको थियो ।
हेर्नुहोस्, सिंहदरबार, सुन्धारा, माइतीघर लगायतका क्षेत्रको तस्वीर :






