
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोनाको संक्रमणले भेटेपछि उनकी ३२ वर्षे प्रेमिका साइमण्ड सेल्फ आइसोलेसनमा बसेकी छिन् ।
उनी ६ महिनाको गर्भवती भएको डेली मेलको समाचार स्रोतले उल्लेख गरेको छ ।
उनी दक्षिण लण्डनस्थित १३ लाख पाउण्ड पर्ने घरमा आइसोलेसनमा बसेकी हुन् । उनले आफ्ना ५५ वर्षे प्रेमी जोन्सनलाई भेट्न पाउनेछैनन् ।
समाचार स्रोतहरूले जोनसनकी प्रेमिकाको कोरोना परीक्षण भएको छ कि छैन भन्ने बताएका छैनन् ।