मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
*हाम्रो स्पष्टीकरण
‘फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवती डिस्चार्ज, घरमा टपरीमा खान्छिन् खाना’ शीर्षकमा चैत १४ गते लोकान्तर डट्कममा प्रकाशित समाचारबारे व्यापक प्रश्न, टिप्पणी र आलोचना प्राप्त भएका छन् ।
आदरणीय पाठकवृन्द, यो समाचारबारे थप स्पष्ट पार्नुअघि हामी आफ्नो सम्पादकीय नीतिबारे थोरै जानकारी गराउन चाहन्छौं । हामीले कोरोना भाइरसका कारण सिर्जित हरेक घटना, परिघटना र गतिविधिका समाचारको संकलन र सम्प्रेषणमा ‘नो ब्रेकिङ न्यूज’ अर्थात् पहिलो हुने नाममा ब्रेकिङ समाचार नदिने नीति लिएका थियौं, छौं ।
मानव स्वास्थ्यसँग सम्बन्धित विषयमा अतिरिक्त संवेदनशीलता जरुरी हुन्छ भन्ने बोध गरेरै हामीले उक्त नीति अंगिकार गरेका हौं ।
चैत १४ गते साँझ ७ः४० बजे ती युवतीका आफन्त पर्ने नेपाल सरकारका एक उच्च तहका कर्मचारीले हामीलाई फोन गरेर उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएकाले परिवार र टेकु अस्पतालबीच सहमति गरेर घरमै आइसोलेसनमा राख्ने शर्तमा बिहीवार बिहान ११ः४२ मा डिस्चार्ज भएको जानकारी दिनुभएको थियो । १४ दिन अस्पतालको क्यारेन्टाइनमा बस्नुपर्ने नियम छ नि भनि सोधिएको प्रश्नमा उनले ‘उनको स्वास्थ्यमा सुधार आएको, परिवारभित्रै डाक्टर भएका कारण घरमै पनि 'केयर' गर्न सकिने भएकाले घर लगिएको’ दाबी गर्नुभयो । साथै ती युवतीलाई संक्रमित भनेर एकोहोरो समाचार आउँदा परिवारलाई चोट परेको तर उनको स्वास्थ्यमा सुधार आएकाले घरमा लगेको विषय बाहिर ल्याउँदा समाजमा सकारात्मक सन्देश पनि जान्छ, परिवारलाई पनि थोरै राहत मिल्छ भनेर आफूले सम्पर्क गरेको उनको दाबी थियो ।
घर–ठेगाना खुलाउँदा फरक नपर्ने बताएकाले हामीले उनी बस्ने एरियाको ठेगाना मात्र समाचारमा खुलाएका थियौं । घर नम्बर आदि खुलाइएको थिएन । यो विषय आफैंमा कसैको मृत्यु, संक्रमण पुष्टि जस्तो नकरात्मक सन्देश जाने खालको समाचार पनि थिएन ।
अस्पताल स्रोतबाट पनि युवतीका आफन्तको दाबीलाई समर्थन गर्ने जवाफ पाएपछि हामीले समाचार प्रकाशन गर्यौं । समाचार प्रकाशन गर्नुअघि हामीले पारिवारिक सदस्यसँग पटक–पटक कुरा गरेका थियौं । तर पछि अस्पताल सम्बद्ध चिकित्सक र अन्य विभिन्न पक्षबाट ती युवतीको स्वास्थ्यमा सुधार आएको तर डिस्चार्ज नगरिएको दाबी आयो । हामीले युवतीका पारिवारिक स्रोतलाई समाचार प्रकाशित भएपछि पनि पटक–पटक सोध्यौं र परिवारले ती युवती डिस्चार्ज भएको तर फेरि अस्पतालले ल्याउन भनेर अर्को टेस्ट गर्न अस्पताल लगेको दाबी हामीसँग गरेका छन् ।
परिवारले एक पटक डिस्चार्ज भएको दाबी गर्ने तर अस्पतालले डिस्चार्ज नभएको दाबी गर्ने अवस्था उत्पन्न भएको छ । अहिलेको जटिल अवस्थामा हामी ती युवतीको घर वा टेकुस्थित अस्पतालमा खुला रुपले आफैं प्रवेश गरेर थप सोधखोज गर्न सक्ने अवस्था छैन । यद्यपि यो विषयको गहिरो सोधखोज जारी नै राख्नेछौं । हाम्रो नियत गलत समाचार दिएर समाचारमा भ्रम सिर्जना गर्ने छैन । मानव स्वास्थ्यसँग जोडिएको विषयमा अपरिपक्क समाचार सम्प्रेषण हुँदा त्यसले पार्ने असरबारे हामी जहिल्यै सचेत छौं ।
तत्काल प्राप्त पाठक प्रतिक्रिया र चासो हेर्दा हामीले उक्त समाचार प्रकाशन गर्नुअघि अझ बढी पर्याप्त सावधानी अपनाउनुपर्थ्यो भन्ने बोध भएको छ । यो विषयमा हाम्रो सोधखोज जारी नै रहने भएपनि यो समाचारबाट तत्काल समस्त पाठक र समाजमा पर्न गएको अन्योलप्रति हामी क्षमा चाहन्छौं । - सम्पादक
हिजो प्रकाशित हाम्रो समाचार यस्तो थियो –
फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवती डिस्चार्ज, घरमा टपरीमा खान्छिन् खाना
फ्रान्सबाट फर्किएकी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित १९ वर्षीया नेपाली युवती निको भएर डिस्चार्ज भएकी छन्।
ती युवतीलाई कोरोनाको संक्रमण भएको पुष्टि गत सोमबार गरिएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारार्थ रहेकी उनी पूर्ण रुपमा निको भएर बिहीबार बिहान ११ बजेर ४२ मिनेटमा डिस्चार्ज भएकी हुन्।
गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी ती युवती ‘सेल्फ क्वारेन्टाइनमा’ बसेकी थिइन्। काठमाडौँ महानगरपालिका ४ चुनदेवीकी ती युवती सेल्फ क्वारेन्टाइनमा बसिरहँदा सुख्खा खोकी बढेपछि गत शुक्रबार ट्रपिकल अस्पतालमा भर्ना भएकी थिइन्। उनी फ्रान्समा व्यापार ऐन व्यवस्थापन विषयमा अध्ययनरत छिन्।
१४ दिन निगरानीमा राख्ने गरिएकाले उनी चुनदेवीस्थित आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’मा छिन्।
पारिवारिक स्रोतका अनुसार उनलाई घरमा अलग्गै सेल्फ क्वारेन्टाइनमा राखिएको छ । ती युवती टपरीमा खाना खान्छिन्। नेपालमा काेराना संक्रमितको संख्या ४ पुगिसकेको छ। यसअघि एक व्यक्ति डिस्चार्ज भइसकेकाका छन्। अब ट्रपिकल अस्पतालमा एक जना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक अर्का संक्रमित उपचार गराइरहेका छन्।
सम्बन्धित समाचार : फ्रान्सबाट फर्किएकी नेपाली विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि, उपचारका लागि टेकुमा भर्ना
धनगढीमा थप एकजनामा कोरोना भएको पुष्टि, यससँगै नेपालमा ४ जनालाई संक्रमण
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...