०८ असार २०८३, सोमबार

कोरोना नियन्त्रणका लागि चीनले दिएको अत्यावश्यक औषधी आज नेपाल आइपुग्दै

चैत १५, २०७६
कोरोना नियन्त्रणका लागि चीनले दिएको अत्यावश्यक औषधी आज नेपाल आइपुग्दै

परराष्ट्र  मन्त्रालयले  कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न तत्काल अत्यावश्यक  औषधीय  सामग्री  चीनबाट  शनिवार  आइपुग्ने जनाएको छ ।  

ती सामग्री शनिबार आइपुग्ने गरी यतिबेला चीनको छेन्दुमा सङ्कलन भइरहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सकेसम्म मागिए जत्तिकै सामग्री जम्मा भएपछि नेपालतर्फ पठाइँदैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश  भट्टराईले  नेपालबाट  हवाइजहाज  पठाउने  तयारी  गरिएको  बताए।  

परराष्ट्र  सचिव  शङ्करदास बैरागीले सामग्री ल्याउने विषयमा कुरा भएको हो, छिट्टै आइपुग्छन् भने ।

मन्त्रालयका  अनुसार  स्वास्थ्य  मन्त्रालयका  तर्फबाट आवश्यक सामग्रीको सूची परराष्ट्र मन्त्रालय मार्फत चीनमा पठाइएको थियो । माग अनुसारका सामग्री  आउनेमा सरकार विश्वस्त छ । पठाएको सूची अनुसारका सामग्री कहिले आइपुग्ने र वितरण गर्ने भन्ने पर्खाइमा स्वास्थ्य मन्त्रालय रहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्