२९ असार २०८३, सोमबार

इटलीमा १०१ वर्षीय व्यक्ति कोरोनाबाट निको भएर फर्किए घर

चैत १६, २०७६
इटलीमा १०१ वर्षीय व्यक्ति कोरोनाबाट निको भएर फर्किए घर
प्रतिनिधिमूलक तस्वीर

लाखौं मानिसको ज्यान लिने स्पेनिस फ्लु महामारी फैलिएको बेलामा जन्मेका एक व्यक्ति कोरोनाभाइरसबाट निको भएर घर फर्केका छन् ।

सन् १९१९ मा जन्मेका ती व्यक्ति उत्तरपूर्वी इटलीको रिमिनीका बासिन्दा हुन् । 

कोरोनाबाट निको भएर अस्पतालबाट छुट्टी पाएका उनी निको हुने सबभन्दा वृद्ध मानिस भएको बताइएको छ । 

रिमिनी शहरकी उपमेयर ग्लोरिया लिसीले ती व्यक्तिलाई मिस्टर पी भनेर मात्र चिनाइन् । उनलाई अघिल्लो साता अस्पतालबाट डिस्चार्ज गरी परिवारकहाँ फर्काइएको लिसीले बताइन् । 

इटलीमा वृद्धवृद्धा अनि स्वास्थ्य समस्या भएकाहरूलाई कोरोनाले भकाभक शिकार बनाइरहँदा यी वृद्ध निको हुनुमा आफैंमा एक सुखद खबर हो । 

इटलीको नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार, कोरोनाका कारण मर्ने ८६ प्रतिशत व्यक्तिको उमेर ७० वर्षभन्दा बढी छ । 

salt training

कमेन्ट गर्नुहोस्