२३ असार २०८३, मंगलबार

भारतमा अलपत्र नेपालीको उद्दार गर्न गगन थापाको आग्रह

भारतमा अलपत्र नेपालीको उद्दार गर्न गगन थापाको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले भारतमा अलपत्र रहेका नेपालीहरूको उद्दार र व्यवस्थापनको पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।

आइतवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतमा अलपत्र परेका नेपालीहरूलाई उद्दारको पहल गर्न अनुरोध गरेका हुन् ।

‘केही दिनदेखि भारतको विभिन्न शहरबाट, अलपत्र परेका नेपालीहरुले टेलिफोनमार्फत उनीहरुको व्यथा बताइरहेका छन्,’ थापाले लेखेका छन्, ‘थाहा छ, यो व्यवस्थापन गर्न गाह्रो छ,तर पनि ती नेपाली दाजुभाइ, दिदी बहिनीको हालत सम्झँदा मन व्याकुल हुनेरहेछ । परराष्ट्रमन्त्रीज्यू तत्काल केही पहल गर्न अनुरोध गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्