कोरोना संक्रमण रोक्न जर्मनीमा दिनको दुई लाख मानिसको स्वास्थ्य परीक्षण गरिने

जर्मनीमा दिनको दुई लाख मानिसलाई कोरोनाभाइरसको परीक्षण गर्ने योजना बनिरहेको छ । दक्षिण कोरियाले कोरोना रोक्नमा पाएको सफलतालाई जर्मनीले पनि हासिल गर्न खोजेको हो । 

अंगेला मर्कलको सरकारले सबै आशंका गरिएका मानिसको परीक्षण गर्न र संक्रमण पुष्टि भएका रोगी नजिक रहेका सबैको परीक्षण गर्न चाहेको छ । 


Advertisement

यसमा दक्षिण कोरिया राम्रो उदाहरण हो अनि मोबाइल फोन ट्य्राकिङमार्फत भाइरस नियन्त्रणमा लिन सकिने जर्मनीका रोग नियन्त्रण महाशाखाका प्रमुखले बताए । 

त्यसै पनि जर्मनीले अन्य युरोपेली मुलुकहरूको तुलनामा बढी नै स्वास्थ्य परीक्षण गरिरहेको तर अहिलेको भन्दा दोब्बर परीक्षण गर्ने उसको योजना छ । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्