×

राहत पाउने खबरले ज्यालादारी मजदुरहरू खुशी, फारम भर्न वडा कार्यालयमा 'ठेलमठेल' !

चैत १८, २०७६

राहत पाउने खबरले ज्यालादारी मजदुरहरू खुशी, फारम भर्न वडा कार्यालयमा ठेलमठेल !

राम्रोसँग बोल्न पनि नसक्ने एक वृद्ध हातमा सरकारले बाँड्न लागेको राहतको फारम बोकेर काठमाडौं महानगरपालिका वडा नम्बर ३० को कार्यालयअगाडि बसिरहेका थिए । 


Advertisment

त्यसको केही समयपछि एकजना अधबैंसे महिला आइन् र उनको फारम भरिदिइन् ।


Advertisment

ती वृद्ध आफ्नी श्रीमतीसँग मैतिदेवी मन्दिरको छेउमा विगत ७/८ वर्षदेखि मागेर गुजारा चलाउँदै आएका रहेछन् ।

त्यहाँ मागेर खाने भन्दा अर्को विकल्प उनीहरूसँग नरहेको ज्ञानेश्वरकी मायादेवी खत्रीले बताइन् । 

‘उहाँहरू धेरै वर्ष भयो मन्दिरको छेउमा मागेरै जीविकोपार्जन गर्दै आएनुभएको छ, उहाँहरूको घर कहाँ होे भन्ने कुरा भन्न पनि सक्नुहुन्न,’ खत्रीले लोकान्तसँग भनिन् ।

मन्दिरमा बस्ने ती वृद्ध दम्पत्तिलाई खत्रीले नै सरकारले दिन लागेको राहतको फारम भर्न लगाएकी रहिछन् ।

अन्य समयमा पनि सरकारले बाँड्ने राहत उपलब्ध गराउँदै आएको विपत व्यवस्थापन समिति उपाध्यक्ष समेत रहेकी खत्रीले बताइन् । 

लकडाउनको समयमा खत्रीले नै ती दम्पत्तिलाई खाना खुवाउँदै आएकी रहिछन् ।

****

ब्रह्मटोल घर भएकी लक्ष्मी प्रजापति पनि ज्ञानेश्वरस्थित ३० नम्बर वडा कार्यालय अगाडि राहतका लागि फारम भर्न लेख्न जान्ने कोही मानिस भेटिन्छ कि भनेर यताउता गरिरहेकी थिइन् । 

विगत ४/५ वर्षदेखि ज्ञानेश्वरमा बस्दै आएकी प्रजापतिले ज्ञानेश्वरका २ वटा घरमा घरेलु श्रमिकको काम गर्दै आएकी थिइन् । कोरोनाको संक्रमण फैलिने डरपछि घरपतिहरूले काम नआउनू भने, उनी बेरोजगार भइन् ।

‘कोरोना आएपछि काम गर्ने घरबेटीले नआउनु भनेपछि १ महिनादेखि बेरोजगार भएकी छु । हातमुख जोर्न पनि समस्या छ । केही दिन ढुङ्गा बोकेर गुजारा चलाएँ, अहिले त्यो पनि बन्द भएपछि झनै गाह्रो भयो,’ प्रजापतिले लोकान्तरसँग भनिन् ।

घरमा बूढी आमा मात्रै रहेकाले आमाको हेरचाहको जिम्मा पनि उनकै काँधमा रहेछ । ‘घरमा जाउँ के लगेर जाउँ समस्या भएकाले काम पाइन्छ कि भनेर यतै बसिराखेको छु,’ उनले भनिन् ।

सरकारले राहत दिने खबरले खुशी उनी कति समयका लागि दिने हो भन्नेमा भने अन्योलमा छिन् ।

‘अब त सरकारले राहत दिन्छ भनेर आएको, दुःखको बेलामा सरकारले हामीलाई अलिकति भएपनि खुशी दिएको छ, तर धेरै दिन बन्द भयो भने सधैं त दिँदैन होला,’ उनले अन्योल व्यक्त गरिन् ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने दैनिक ज्यालादारी विपन्न, असक्त र असाहयहरूलाई पहिचान गरी घरपतिको हस्ताक्षरमा राहत उपलब्ध गराइने ३० नम्बर वडा कार्यालयले जनाएको छ । 

लगत संकलन गरिसकेपछि फोन गरेर राहत घरमै उपलब्ध गराउने ३० नम्बर वडा कार्यालयका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए ।

जिल्ला प्रशासन र वडा कार्यालयमा भीड

आजदेखि सरकारले वितरण गरेको राहतका लागि वडा कार्यालयहरूले लगत संकलन गर्न लागेका छन्, तर लगत संकलन गर्ने वडा कार्यालयहरूमा भीड व्यवस्थापनमा भने ध्यान दिइएको छैन ।

कोरोनाको संक्रमण फैलिनसक्ने भएकाले निश्चित दूरी कायम गरेर मात्र जम्मा हुन मिल्छ, त्यसतर्फ कसैको ध्यान गएको देखिन्न ।

वडा त वडा भयो जिल्ला प्रशासन कार्यालय अगाडि पनि भीडभाड उस्तै छ । लकडाउनको समयमा सवारी साधन चलाउन मिल्ने पास लिन आउनेको भीड उस्तै देखिन्छ ।

एक मिटर दूरी कायम गरेर लाइन लाग्नुपर्नेमा डिल्लीबजारस्थित २९ नम्बर वडा कार्यालयअगाडि मानिसहरू ठेलमठेल गरिरहेका थिए ।

यस्तै अवस्था ज्ञानेश्वरस्थित ३० नम्बर वडा कार्यालय अगाडि पनि थियो । 

२९ नम्बर वडा कार्यालयअगाडि कार्यरत प्रहरीले भीड व्यवस्थापन त गरेका थिए तर ३० नम्बर वडा कार्यालमा भने भीडभाड उस्तै थियो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असंगठित क्षेत्रका दैनिक ज्यालादारी र श्रमिक तथा मजदुरका लागि राहत घोषणा गरेको थियो । सरकारले राहत दिनुपर्ने परिवार पहिचान गरी असंगठित क्षेत्रका श्रमिकको लगत तयार पार्न स्थानीय तहहरूलाई जिम्मा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

स्थानीय तहमार्फत ‘लकडाउन’को अवधिभरलाई पुग्ने गरी खाद्यान्नसहित राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो । 

गर्भवती, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी र टुहुरा बालबालिकाका लागि सरकारले विशेष हेरचाह गर्ने जनाएको छ । 

औपचारिक क्षेत्रका मजदुरलाई रोजगारदाताले नै पारिश्रमिक उपलब्ध गराउने, पूर्णरूपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले दैनिक र महिनावारी ज्यालादारीमा कार्यरत कर्मचारीलाई २०७६ चैत महिनाको पारिश्रमिक पूर्ववत् भुक्तानी दिने निर्णय समेत सरकारले गरेको थियो ।   

हेर्नुहोस्, भिडियो :

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x