३१ असार २०८३, बुधबार

जब ९० वर्षीय वृद्धाले आफू थप बाँच्नुनपर्ने भन्दै 'भेन्टिलेसन' अर्कैलाई दिन आग्रह गरिन्...

जब ९० वर्षीय वृद्धाले आफू थप बाँच्नुनपर्ने भन्दै 'भेन्टिलेसन' अर्कैलाई दिन आग्रह गरिन्...

कोभिड १९ बाट संक्रमित ९० वर्षकी एक महिलाले आफूलाई भेन्टिलेसनमा नराख्न डाक्टरहरूसँग आग्रह गरेपछि उनको मृत्यु भएको छ ।

बेल्जियमकी सुजेन होलारेटस नामकी ती वृद्धाले आफू आफ्नो जिन्दगी खुसीसाथ बाँचिसकेको भन्दै उनका लागि राखिएको भेन्टिलेसन कुनै युवा अवस्थाको बिरामीलाई राखिदिन आग्रह गरेकी थिइन् ।

उनी गत मार्च २० मा अस्पतालमा भर्ना भएकी थिइन् । स्वासप्रस्वासमा अप्ठेरो देखिएपछि भर्ना भएकी उनलाई परीक्षणमा कोभिड १९ देखिएको थियो ।

संसारभरि भेन्टिलेसनको अभाव भइरहेको तथ्य बाहिर आएपछि बेल्जियममा यस्तो घटना भएको हो । भेन्टिलेसन सास फेर्न नसक्ने बिरामीहरूका लागि कृत्रिम फोक्सो जस्तै हो । उनले भेन्टिलेसनमा बस्न अस्वीकार गरेपछि केही घन्टामै उनको मृत्यु भएको बताइएको छ ।

उनले डाक्टरहरूसँग भनेको भनाईलाई उधृत गर्दै डेलीमेल लेख्छ, ‘म कृत्रिम स्वासप्रस्वास लिन चाहन्न । मैले मेरो जिन्दगी सुखपूर्वक बाँचिसकेकी छु । यो भेन्टिलेसन युवा बिरामीका लागि राख्नुहोस् ।’

salt training

कमेन्ट गर्नुहोस्