३० असार २०८३, मंगलबार

सनी लियोनी लेस्बियन ?

चैत २०, २०७६
सनी लियोनी लेस्बियन ?

सनी लियोनीका कुरा पत्याउने हो भने पहिलो भेटमा उनका पति डेनियल वेबरले उनलाई लेस्बियन सम्झेका थिए रे। उनले यो खुलासा एक अन्तर्वार्ताको क्रममा खुलाएकी हुन्। उनीहरूको पहिलो भेट कहाँ, कसरी भयो भन्ने प्रश्नमा सनीले उक्त खुलासा गरेकी हुन्।

सनीले भनिन्, 'हाम्रो पहिलो भेट लसभेगासमा भएको थियो। त्यो दिन म पाली शोरका साथ डेटमा जाँदै थिएँ। तर फिल्ममा कमेडियनको रोल गर्ने शोरले त्यो दिन धोका दियो।' डेनियलले सनीको हो मा हो थप्दै भने,

'भगवान्ले मलाई सोही दिन सनीसँग भेट गराइदिए। अनि आजसम्म सँगै छौं।'

सनीले अगाडि भनिन् 'पहिलो भेटमा डेनियललाई लाग्यो कि म लेस्बियन हुँ। किनकि म महिला साथीसँगसँगै थिएँ। पुरुष पोसाक लगाएकी उनी खासमा लेस्बियन थिइनन्। त्यसैले, डेनियललाई भ्रम भएको थियो। डेनियलले भने 'त्यो दिन म कन्फ्युज भएँ। किनकि सनी र उसका साथी दुवै हात समाएर हिँडिरहेका थिए।'

सनीले भनिन् 'डेनियल हरेक सुखदुःखमा मेरा साथ छन्। म त्यस्तो बेला उनीसँग भेटिएको थिएँ, जब मेरी आमाको निधन भएको थियो। म डिप्रेसनमा थिएँ। तीन वर्षसम्म डेनियलले हौसला बढाए। त्यसपछि हामीले बिहे गर्‍यौं।'

स्मरण रहोस्, सनीजस्तै उनका पति डेनियल वेबर पनि पोर्न फिल्मको स्टार रहिसकेका छन्। यी दम्पती विगत १२ वर्षदेखि सँगै छन्। महाराष्ट्रकी निशा यिनीहरूको धर्मपुत्री हुन्। सेरोगेसी माध्यमबाट यिनले जुम्ल्याहा छोरा पनि पाएकी छन्।  अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्