२४ जेठ २०८३, आइतबार

अमेरिकामा संक्रमित मास्क लगाउन बाध्य चिकित्सकको मृत्यु

चैत २०, २०७६
अमेरिकामा संक्रमित मास्क लगाउन बाध्य चिकित्सकको मृत्यु

अमेरिकामा कोरोनाभाइरसको कहर बढ्दै जाँदा मुटु छियाछिया पार्ने घटनाहरू सार्वजनिक भइरहेका छन् । 

न्युजर्सीका दुई अस्पतालमा कार्यरत डा फ्र्यांक गाबरिन कोभिड–१९ देखिएको केही दिनमै बितेका छन् । 

उनका समलिंगी पति आर्नोल्ड भार्गासले एनजे डट्कमलाई बताएअनुसार, बुधवार घरैमा रहेका गाबरिनलाई सास फेर्न गाह्रो भयो । एम्बुलेन्स बोलाउँदा आइपुग्न आधा घन्टा लगायो । एम्बुलेन्स आइपुग्दासम्म गाबरिनको मृत्यु भइसकेको थियो । 

गाबरिन दुईथरीको क्यान्सरबाट निको भएका व्यक्ति थिए त्यसैले उनमा कोरोनाभाइरसको उच्च जोखिम थियो । तैपनि उनी अस्पतालमा बिरामीको उपचारमा व्यस्त थिए । 

कुनै गुनासो नगरिकन गाबरिनले आफ्नो काम गर्ने गरेको भार्गासले बताए । 

तर अघिल्लो साता गाबरिनलाई रुघाको लक्षण देखियो र त्यो चर्किंदै गयो । 

अस्पतालमा बारम्बार एउटै व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रयोग गर्न बाध्य भएकाले गाबरिन बिरामी परेको दाबी उनकी एक निकटकी साथीले गरेकी छन् । 

‘उनलाई विभिन्न शिफ्टमा त्यही एउटै मास्क लगाउन बाध्य पारियो त्यसैले उनमा संक्रमण भयो । उनलाई सेल्फ क्वारेन्टाइन गर्नू भनिएको थियो । आज बिहान उनी उठे र सास फेर्न सकेनन् । त्यसो भएको दुई घन्टामा उनी बिते । उनी अस्पतालसम्म पनि पुग्न पाएनन्,’ ती चिकित्सकले ट्विटरमा लेखिन् । 

द डेली मेलबाट

salt training

कमेन्ट गर्नुहोस्