१६ असार २०८३, मंगलबार

इटलीमा चिकित्सकहरूले लिए रोबोटको सहयोग

चैत २३, २०७६
इटलीमा चिकित्सकहरूले लिए रोबोटको सहयोग

इटलीका अस्पतालमा चम्किला नयाँ रोबोटहरूले उच्च संक्रमित बिरामीहरूको नाडी छाम्न थालेका छन् । 

चिकित्सक र नर्सहरू यी रोबोटलाई मन पराउँछन् किनकि तिनले उनीहरूको जीवन पनि बचाइरहेका छन् ।

कोरोनाभाइरसको संक्रमणविरुद्ध लड्नका लागि लकडाउन र सामाजिक दूरीहरू लगाइएपछि इटालेलीहरू आफ्नो वरपरको वातावरणमा परिवर्तन आएको अनुभव गर्न थालेका छन् । 

दशौं हजार बिरामीको ज्यान जोगाउन खटिएका चिकित्सक र नर्सहरूको ठूलो संख्यामा मृत्यु भएको देख्दा चाहिँ इटालेलीहरू बढी नै चिन्तामा परेका छन् । 

देशको मेडिकल एसोसिएसनले कम्तीमा ७० जना स्वास्थ्यकर्मी कोरोनाजन्य मृत्युको पहिलो केसदेखि यता बितेको शुक्रवार जानकारी दिएको छ । 

तीमध्ये अधिकांशलाई कोरोनाभाइरसविरुद्धको थप राम्रो संरक्षण प्राप्त भएको भए अहिलेसम्म बाँच्ने थिए । 

अहिले चिकित्सकहरूलाई सघाउन रोबोट खटाइएको छ । भरिज अस्पतालले ६ वटा रोबोट पाएको छ । रोबट अलिअलि मान्छे जस्तै देखिन्छन् । 

केही रोबोट सेता छन् र तिनको टाउकोमा स्क्रीन र अनेकौं सेन्सर छन् । 

रोबोट देखेर साना उमेरका बिरामीहरू खुशी हुने गरेको चिकित्सकहरूले बताए । 

तर रोबोटको वास्तविक उद्देश्य चिकित्सकहरूमा रोग नसरोस् र नफैलियोस् भन्ने हो । 

‘रोबोटहरू नथाकिकन कम सघाउँछन्, उनीहरूलाई संक्रमण लाग्दैन, उनीहरू बिरामी हुँदैनन्,’ सर्कोलो अस्पतालको सघन उपचार इकाइका निर्देशक फ्रान्सेस्को देन्तालीले बताए । 

‘चिकित्सक र नर्सहरूलाई भाइरस बढी असर पारेको छ । रोबोटहरू संक्रमित नहुनु नै ठूलो उपलब्धि हो ।’

रोबोटहरूले बिरामीको स्वास्थ्य स्थितिको निगरानी गरिदिने हुँदा चिकित्सकहरू सघन उपचार इकाइमा जानु पनि पर्दैन । उनीहरू अर्को कोठामा बसेर कम्प्युटर स्क्रीन हेरेर रोगीको स्थिति पत्ता लगाउन सक्छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्