३१ असार २०८३, बुधबार

इटलीमा मृत्युदर घट्न थालेपछि लकडाउन हटाउने तयारी

चैत २४, २०७६
इटलीमा मृत्युदर घट्न थालेपछि लकडाउन हटाउने तयारी

इटलीमा लगातार दुई हप्तादेखि मृत्यदर घटेको देखिएपछि लकडाउन हटाउनका लागि योजना बनाइएको घोषणा सरकारले गरेको छ । 

त्यसो त कोरोनाका कारण सबभन्दा बढी मानिसको मृत्यु भएको इटलीमा नै हो । त्यहाँ अहिलेसम्म १५ हजार ८८७ जनाको मृत्यु भइसकेको छ । तर दिनहुँ हुने मृत्युको संख्या अहिले आएर केही घट्दैछ । 

अनि सघन उपचारमा रहेकाको संख्या पनि शुक्रवारदेखि घटेको देखिएको छ । 

स्वास्थ्यमन्त्री रोबर्तो स्पेरान्जाले व्यापक स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य सेवालाई थप मजबूत बनाउने योजना आइतवार सार्वजनिक गर्दै मार्च ९ देखि लगाइएको लकडाउन खुकुलो बनाउने बताएका हुन् । 

लकडाउनका कारण देशको व्यापार ठप्प भएकाले आर्थिक क्षति पुगेको विषयलाई पनि सरकारले मद्देनजर गर्दैछ । 

लकडाउन हटाइएपनि सामाजिक दूरी कायम राख्ने अनि मास्क जस्ता व्यक्तिगत सुरक्षा वस्तु व्यापक प्रयोग गराउने उनले बताए । यसका साथै स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाएर कोभिड–१९ को आशंका गरिएकाहरूलाई तीव्र र प्रभावकारी उपचारको व्यवस्था मिलाउने पनि स्वास्थ्यमन्त्रीको भनाइ छ । 

स्वास्थ्य परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङलाई विस्तार गरिने र त्यसका लागि स्मार्टफोन याप र अन्य प्रकारका विद्युतीय प्रविधिको उपयोग गर्ने र कोभिड–१९ का बिरामीका लागि मात्र समर्पित अस्पतालहरूको सञ्जाल बनाउने पनि उनले बताए । 

‘खोप बनेर वितरण नगरेसम्म भाइरसको अर्को लहरलाई खारेज गर्न मिल्दैन,’ स्वास्थ्यमन्त्री स्पेरान्जाले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्