
चीनले दक्षिण सुडानलाई १ हजार ४० टन चामल सहयोग गरेको छ।
आपतकालीन खाद्यान्न सहयोग कार्यक्रमको अन्तर्गत चीनले पठाएको खाद्य सहायता अप्रिल ४ मा राजधानी जुबामा आइपुगेको छ। ‘गत वर्षको विनाशकारी बाढी र मरुभूमि क्षेत्रमा देखिने संक्रमणबाट प्रभावित पीडितहरूलाई वितरण गरिनेछ,’ दक्षिण सुडानमा चिनियाँ दूतावासले सोमबार एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
सहयोगबारे दक्षिण सुडानका लागि चिनियाँ राजदूत हुआ निङका अनुसार चीनले दक्षिण सुडानसँग खाद्यान्न सुरक्षा, स्वास्थ्य, राहत सहयोग जस्ता विभिन्न क्षेत्रमा सहयोग गर्दैआएको छ र यो पछिल्लो सहयोग यसैको निरन्तरता हो।