२६ असार २०८३, शुक्रबार

अफ्रिकी मुलुकहरूमा कोरोनाको खोप परीक्षण गरिने कुरा उठेपछि कडा आलोचना (भिडियो)

चैत २५, २०७६
अफ्रिकी मुलुकहरूमा कोरोनाको खोप परीक्षण गरिने कुरा उठेपछि कडा आलोचना (भिडियो)

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेसुसले अफ्रिकामा कोरोनाभाइरसको खोप परीक्षण गरिने सुझाव जातिवादी भएको भन्दै कडा आलोचना गरेका छन् । 

‘अफ्रिका कुनै पनि खोपका लागि परीक्षण भूमि हैन,’ गेब्रेयेसुसले विद्युतीय पत्रकार सम्मेलनमा भने । यो उपनिवेशवादी सोचको निरन्तरता भएको उनको भनाइ छ । 

‘वैज्ञानिकहरूले २१औं शताब्दीमा आएर पनि त्यस्तो टिप्पणी गरेको सुन्नु लज्जास्पद कुरा हो । हामीहरू यस्तो सुझावलाई कडा शब्दमा निन्दा गर्छौं र त्यसो हुन नदिने सुनिश्चित गराउँछौं,’ इथियोपियाका पूर्व स्वास्थ्यमन्त्री रहिसकेका गेब्रेयेसुसले भने । 

विश्वका शक्तिराष्ट्रहरू महामारीको उपचार गर्ने औषधि र खोप विकसित गर्न लागिरहेको बेलामा यो टिप्पणी आएको हो । खोप पत्ता लगाउन एकदेखि डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । 

पेरिसमा रहेको कोचिन अस्पतालमा सघन उपचार इकाइका प्रमुख जीन–पल मिराले अफ्रिकीहरू रोगको बढी जोखिममा रहने हुँदा खोपको परीक्षण उनीहरूमाथि गर्नु ठीक हुने बताएका थिए । उनको भनाइलाई इन्सर्म स्वास्थ्य अनुसन्धान समूहका प्रमुख कामिल लोख्तले पनि समर्थन गरेका थिए ।

उनीहरूको त्यही टिप्पणीलाई गेब्रेयेसुुुसले आलोचना गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्