१० साउन २०८३, आइतबार

वुहानबाट बेलायत नगएकोमा खुशी छन् यी बेलायती

चैत २८, २०७६
वुहानबाट बेलायत नगएकोमा खुशी छन् यी बेलायती

चीनको वुहानमा बस्ने एक बेलायती शिक्षक अहिले निकै खुशी छन् । वुहानमा भाइरस फैलिएको बेलामा पनि आफ्नो देश नजाने निर्णय लिएर आफूले सही काम गरेको उनी बताउँछन् । 

३८ वर्षीय क्रिस हिल आफ्नी पत्नी र चार वर्षका छोराका साथ वुहानमा बस्छन् । कोरोनाभाइरसको उद्गमविन्दु पशु बजारबाट १० मिनेटको दूरीमा उनी बस्ने गरेका छन् । 

बेलायतमा कोरोनाभाइरस फैलिरहेकोले आफू त्यहाँ नगएर ठीक गरेको हिल बताउँछन् । उनले भने, ‘जनवरीमा शहर बन्दाबन्दी गरिँदा स्वदेश फर्कौं कि जस्तो लागेको थियो । तर नजाने निर्णय लिएँ । यहाँ साढे दुई महिना लकडाउन रह्यो । तर बेलायत गएको भए म अझै पाँचदेखि सात महिना लकडाउनमा बस्न बाध्य हुन्थें होला ।’ 

salt training

कमेन्ट गर्नुहोस्