२४ असार २०८३, बुधबार

मोदीले भने– बनारसको गम्छा कुनै मास्क भन्दा कम छ र ?

चैत २८, २०७६
मोदीले भने– बनारसको गम्छा कुनै मास्क भन्दा कम छ र ?

‘हेलो, म प्रधानमन्त्री कार्यालयबाट बोलिरहेको छु । प्रधानमन्त्री तपाईंसँग कुरा गर्न खोजिरहनुभएको छ ।’

शुक्रवार बनारसमा केही मानिसको मोबाइल बज्यो अनि यस्तो सन्देश आउन थाल्यो । प्रधानमन्त्रीले कुरा गर्ने भनेपछि मानिसहरू गम्भीर भए । 

पछि मोदीले मन्त्री, पदाधिकारी र कार्यकर्ताहरूसँग कुरा गरे । उनीहरूको परिवारको बारेमा सोधे अनि काशीको हालत कस्तो छ भनी प्रश्न गरे । 

प्रत्येकसँग उनले पाँच मिनेट कुरा गरे । उनले सबै काशीवासीको मोबाइलमा आरोग्य सेतु याप डाउनलोड गराउनका लागि प्रेरित गर्न कार्यकर्ताहरूलाई प्रेरित गरे ।

अहिलेको परिस्थितिमा म काशी आउन सम्भव छैन तर काशीको प्रत्येक घरमा रासनपानीको व्यवस्था तपाईंहरूले गर्नुपर्छ, मोदीले भने ।  

पदाधिकारीहरूसँगको कुराकानीमा मोदीले ठूलो संख्यामा मास्क तयार पारिरहेको थाहा पाए । अनि उनले मास्क बनाउनमा ऊर्जा खर्च नगर्न भने । ‘बनारसको गम्छा कुनै मास्कभन्दा कम छ र ?’ मोदीले भने । 

उत्तर प्रदेशमा मानिसहरू काँधमा तौलिया र गम्छा राखेर हिँड्छन् । गम्छा र तौलिया लगाएर हिँड्नका लागि मानिसलाई सम्झाउन उनले कार्यकर्ताहरूलाई निर्देशन दिए । अहिले मास्कको आवश्यकता डाक्टर, सफाइ कर्मचारी र प्रहरीलाई रहेकाले सर्वसाधारणका लागि गम्छा सही हुने मोदीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्