
उदयपुरको चौदण्डीगडी नगरपालिका ३ राजारागीबाट प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
भरुवा बन्दुक प्रयोग गरी जंगली जनावर मार्ने गरेको सूचनाका आधारमा गस्ती गएको प्रहरीले नवराज राई र निर्मल राईलाई शुक्रबार राति पक्राउ गरेको हो।
बन्दुक पदमबहादुर राईको घरमा लुकाई राखेको अवस्थामा उनीहरूले प्रयोग गर्ने भरुवा बन्दुक फेला परेको हो।
फरार पदम बहादुर राईको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले जनाएको छ।