
जनमत पार्टीमन्दिरमाका संयोजक सिके राउतले कोरोना भाइरस विरुद्ध उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई धन्यावाद दिन घरमा घन्ट बजाएका छन् ।
उनले घरमा घन्ट बजाएको भिडियो सामाजिक सञ्जाल फेसबूकमा राखेका छन् ।
मंगलवार बिहान ७ बजेदेखि सात मिनेटसम्म एकता तथा धन्यवादका लागि घन्ट, थाल, शंख आदी बजाउन उनले आफ्ना समर्थक तथा जनतालाई आह्वान गरेका थिए ।
यद्यपी मधेसमा उनकोअपिल अनुसार जनताले त्यस्तो गरेनन् । उनका केही कार्यकर्ता तथा समर्थकले भने घन्ट, थाल, शंख लगायत बजाएर उनलाई साथ दिएका थिए ।