१९ असार २०८३, शुक्रबार

यी हुन् सबैभन्दा बढी एल क्लासिको खेल्ने फुटबलर

कात्तिक २०, २०७४
यी हुन् सबैभन्दा बढी एल क्लासिको खेल्ने फुटबलर
काठमाडौं, १० वैशाख– क्लब फुटबलमा महारथी रियल मड्रिड र बार्सिनाला आइतबार एक पटक फेरि आमने सामने हुँदै छन् । रियल र बार्सिलोनाको खेललाई एल क्लासिकोको रुपमा लिने गरिएको छ ।
विश्व क्लब फुटबलमा सवैभन्दा धेरै चर्चा कमाउने र सबै भन्दा बढी मासिनले हर्ने खेल क्लासिको हो ।
विश्व फुटबलका हस्ती बार्सिलोनाका लागि अर्जेटिनी स्टार लियोनल मेस्सी र रियलका लागि पोर्चुगिज स्टार रोनाल्डो बीचको प्रतिस्पर्धाका कारण पनि यसलाई महत्वका रुपमा लिने गरिएको छ ।

रियलको घरेलु मैदानमा हुने खेल एल क्लासिको अन्तर्गतको दुई सय ६६ औं खेल हो । जसमा रियल मड्रिड ९७ र बार्सिलोना १०९ खेलमा बिजयी भएका छन् । त्यस्तै ५९ खेल भने वराबरीमा सकिएका छन् ।

मेस्सी र रोनाल्डो को उत्कृष्ठ खेलाडी भन्ने विवादकाबीच हुने यी खेललाई महत्वका साथ लिने गरिएको छ ।
विगत देखिनै चर्चामा आउने गरेको क्लासिकोमा धेरै किसिमका रेकर्डहरु रहने गरेका छन् । यसैबीच हामी सवैभन्दा बढी क्लासिकोको खेल कसले खेलेका छन् भन्ने उल्लेख गर्दै छौं ।

बढी क्लासिको खेल्नेमा राहुल, जाभी, फर्नान्डो हिरेरो वा मिगुइल को ? हेरौं रियल र वार्साबाट बढी क्लासिको खेल्ने खेलाडी को को हुन् ?

१. चेन्डो, जोको र बेनिटो जसले ला लिगाका २१ क्लासिको खेल खेले ।

२. बुट्रागिउनोले ला लिगामा २२ क्लासिको खेल खेले

३.सर्जियो रामोस र माइकेलले ला लिगामा २३ एल क्लासिको खेले

४.हिरेरो र कामाचोले २५ खेल खेले

५.एमान्सिओले ला लिगामा २६ एल क्लासिको खेले

६. कासिलास र पिरिरिले २७ खेल खेले

७.सान्टिलानाले ला लिगामा २८ एल क्लासिको खेले

८. सान्जिसले ला लिगामा २९ एल क्लासिको खेले

९. राहुल र गेन्टोले ला लिगामा ३१ एल क्लासिको खेले

अब, बार्सिलोनाका कुन खेलाडीले ला लिगामा कति एल क्लासिको खेले जानौं

१. बुस्केट, ग्यालिगो र टोरेसले ला लिगामा १७ एल क्लासिको खेले

२. जुम्बिजारेटाले १८ खेल खेले

३. एसेन्सीले १९ खेल खेले

४. मेस्सी, रेक्सेच, रिफि र सेगाराले २१ खेल खेले

५. भिक्टर भाल्डेसले २२ खेल खेले

६. इनिस्टाले २३ एल क्लासिको खेले

७. सेसारले २४ खेल खेले

८. पियोल र मिगुइलीले २५ एल क्लासिको खेले

९. जाभी जसले ला लिगामा २९ एल क्लासिको खेले

समग्रमा हेर्दा रियलका राहुल र गेन्टोले ला लिगामा सवैभन्दा बढी ३१ पटक एल क्लासिकोमा भिडेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्