×

NMB BANK
NIC ASIA

सोलुखुम्बाट हिँडेको ११ दिनपछि बुटवलमा मिल्यो निःशुल्क खाना र यातायात

बैशाख २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको संक्रमण रोक्न मुलुकमा जारी तेस्रो चरणको लकडाउन (बन्दाबन्दी) अन्तिम चरणमा पुगेपनि लकडाउन छिट्टै खुल्ने सम्भावना देखिँदैन ।

Sagarmatha Cement
Muktinath Bank

यहीँ अवधिमा विभिन्न ठाउँमा ज्यालादारी गर्ने तथा जागिर गर्ने मजदुरहरू काम समेत रोकिएपछि घरसम्म पैदलै यात्रामा निस्किरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूमध्ये कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका १२० जना मजदुर ११ दिन लगाएर पैदलै बुटवलसम्म आएका छन् ।


Advertisment
Nabil box
Kumari

काम गर्ने ठाउँमा काम रोकिएको, डेरामा खर्चपर्च सकिएको र काम कहिले खुल्ने भन्ने सम्भावना नरहेपछि सबै मजदुर सामूहिक निर्णय गर्दै घरतिर हिँडेका छन् ।

Vianet communication
Laxmi Bank

हिँड्ने क्रममा विभिन्न ठाउँमा कष्ट र पीडा भोग्दै आएका उनीहरूलाई बुटवलमा आएपछि भने ११ दिनदेखिका सबै पीडा भुल्ने मौका मिल्यो । बुटवल उपमहानगरपालिकाले उनीहरूलाई निःशुल्क खाना खुवायो, स्वास्थ्य चेकजाँच गरायो र बसको व्यवस्था गरेर घरतर्फ पठायो । यस्तो व्यवस्था भएपछि उनीहरूको अनुहारमा खुशीको चमक देखिएको थियो ।

सोलुखुम्बुदेखि दोलखा, स्याङ्जा हुँदै उनीहरू बुटवलसम्म आइपुगेको सूचना पाएपछि उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले तत्कालै उनीहरू पुगेको स्थानमा वडाध्यक्ष महेन्द्र लिगलाई संयोजन गरेर खाना बनाउन लगाएका थिए ।

बुटवल–१ स्थित लायन्स आँखा अस्पताल परिसरमा उनीहरूलाई खाना खुवाउने प्रवन्ध मिलाइएको थियो । त्यहीँ नै स्वास्थ्य चेकजाँच गरिएको थियो । त्यहीँबाट उनीहरूलाई ३ वटा बसमा चढाएर पठाइएको थियो ।

पैदल आएका मजदुरहरू दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटी घर भएका छन् । कोही सोलुबाट, कोही काठमाडौंबाट, कोही काभ्रे र कोही नारायणघाटबाट आएकाहरू बुटवलमा एकठाउँमा भेटिएका थिए । उनीहरू सबैलाई खाना खुवाएर स्वास्थ्य चेकजाँच गरेपछि घरसम्म पुर्‍याउन यातायातको समेत व्यवस्था मिलाइएको उपमहानगरपालिका प्रमुख सुवेदीले जानकारी दिए ।

प्रमुख सुवेदी र वडाध्यक्ष लिगलसहित नागरिक अगुवा र समाजसेवीले उपमहानगरको पुण्य काममा सहकार्य गरेका थिए । लामो समयदेखि पैदल हिँडेका कैयौं दिनसम्म खाना समेत खान नपाएका र बेखर्ची जस्तै बनेर हिँडेको देखेपछि खाना तथा यातायातको व्यवस्था मिलाइएको वडाध्यक्ष लिगलले बताए ।

स्थानीय युवा, समाजसेवी र केही नागरिक अगुवाले उक्त काममा सहकार्य गरेका थिए । बुटवलमा गरिएको परोपकारले घरैको जस्तो याद आएको र थकाइसमेत मेटिएको श्रमिक हरिबहादुर चन्दले दिए । बर्दिया घर भएका उनी साथीहरूसँगै सोलुखुम्बुबाट हिँडेर आएका थिए ।

काठमाडौंबाट हिँडेर आएका कञ्चनपुरका छोटेलाल चौधरी, कञ्चनपुरकै रामकिशन राना तथा बैतडीका अमबहादुर अवस्थीले पनि बुटवलमा भएको व्यवस्थाले पीडा भुलेको बताए ।
बेखर्ची बनेका र लखतरान भएका मजदुरलाई बुटवलमा खाना खुवाएर गन्तव्यसम्मै पुर्‍याएर पुण्य काम गरेको भन्दै नागरिक अगुवा एवं बटौली संरक्षण तथा सम्बद्र्धन समितिका संयोजक रवीन्द्रगोपाल लाकौलले प्रशंसा गरे ।

बुटवलमा राहत वितरण जारी

बुटवलले सबै वडामा पायक पर्ने गरी फिवर क्लिनिक, जनस्वास्थ्यको सेवाका लागि हटलाइन सेवा, अग्र्यानिक तरकारी उत्पादक स्थानीय किसानलाई प्रवद्र्धन गर्नेदेखि राहत वितरणका काम जारी राखेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

वडा र त्यहाँका टोल विकास संस्थामार्फत करीब ६ हजार ८३६ जना दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका परिवार रहेको लगत संकलन गरिएको र तिनैलाई राहत वितरण गरिरहेको अधिकृत शर्माले जानकारी दिए । बुटवलमा जनस्तरबाट राहत कोषमा रकम र खाद्यान्न सहयोग गर्ने कामसमेत जारी रहेको शर्माको भनाइ छ ।

बुटवलका अर्का मनकारी : जसले एकल खर्चले खाना खुवाए

लकडाउनमा कालोबजारी गर्ने र ठगी गर्ने मात्रै हुँदैनन्, कोही त मनकारी पनि हुन्छन् । यस्तै मनकारी मध्येका एक हुन् बुटवल उपमहानगरपालिका–३ सहस्रधाराका ५८ वर्षीय दुधबहादुर गुरुङ ।

उनले विभिन्न ठाउँबाट पैदलै हिँडेर बुटबलको बाटो हुँदै आउनेहरूलाई आफ््नै खर्चमा खाना खुवाएका छन् । मंगलवार बिहान बुटवलको पाखापानीस्थित मनकामना मन्दिर परिसर र प्रतिक्षालयमा राखेर खाना खुवाएका थिए । उनले मंगलबार बिहान मात्रै ७५ जनालाई खाना खुवाएका थिए ।

‘आजको दिन जति जना आउनुहुन्छ सबैलाई खुवाउने भनेको छु,’ उनले भने । बुटवलका यी मनकारी गुरुङ भारतीय सेनाबाट १० वर्षअघि सेवानिवृत्त भएका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x