२२ असार २०८३, सोमबार

सडकमा अलपत्र नागरिकलाई घरसम्म पुर्‍याउन यातायात व्यवसायी तयार, सरकारसँग मागे सवारी पास

सडकमा अलपत्र नागरिकलाई घरसम्म पुर्‍याउन यातायात व्यवसायी तयार, सरकारसँग मागे सवारी पास
फाइल फोटो

यातायात व्यवसायीले लामो लकडाउनका कारण काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा अलपत्र परेका मजदुर तथा सर्वसाधारणलाई घरसम्म पुर्‍याइदिन तयार रहेको जनाएका छन् । 

राजमार्गमा हजारौं मजदुर पैदलै हिँडेर घर जाने अवस्था देखिएको भन्दै यातायात व्यवसायीको संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले सर्वसाधारणलाई घर पुर्‍याउन तयार रहेको जनाएको हो ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै त्यसका लागि सवारी पास र आवश्यक सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

‘कोरोना भाइरस नियन्त्रणका लागि लागू भएको लकडाउनले लाखौं नेपाली यात्रु वर्गलाई ठूलो असर पर्न गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लाखौं यातायात मजदुरहरू हुन गएको, उनीहरूलाई रोजीरोटीको समस्या भएको र राजमार्गमा हजारौं यात्रु मजदुरहरूको बिचल्ली भई ठूलो समस्या भएकाले उनीहरूलाई घरसम्म पुर्‍याउन नेपाल सरकारले यो महासंघलाई सवारी पास र आवश्यक सुविधा यात्रु तथा मजदुर हितका लागि हामी नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको व्यहोरा जानकारी गराउँछौं ।’ 

लकडाउनको समयमा महासंघले सरकारलाई सहयोग गर्दै आएको भन्दै विज्ञप्तिमा आगामी असार मसान्तसम्मको कर, राजस्व र बैंकको ब्याज मिनाहा गर्न माग गरेको छ । ६ महिनाको किस्ता अवधि बढाइदिन समेत व्यवसायीले माग गरेका छन् ।

महासंघले समग्र यातायात क्षेत्रको संरक्षणका लागि ‘यातायात संरक्षण आयोग’ गठनको माग अघि सारेको छ । 

salt training

कमेन्ट गर्नुहोस्