०२ असार २०८३, मंगलबार

करेन्ट लागेर धादिङको थाक्रेमा २ जनाको मृत्यु, ७ जना घाइते

करेन्ट लागेर धादिङको थाक्रेमा २ जनाको मृत्यु, ७ जना घाइते

धादिङको थाक्रे गाउँपालिका ३ मल्दुङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

यस्तै अन्य ७ जना घाइते भएका छन् । आ–आफ्नै घरमा विद्युतिय सामाग्री चलाउने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको हो । 

 प्रहरीका अनुसार नजिकैको ट्रान्समिटर पड्किएर हाई भोल्टेज विद्युत प्रशारण हुँदा करेन्ट लागेर थाक्रे ३ बिचारी टोलका २३ वर्षीय सागर अर्याल र भुजेल टोलमा बस्ने ४५ वर्षीय सानोमान तामाङको मृत्यु भएको हो । उनीहरूको प्राथमिक स्वास्थ्य चौकी थाक्रेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै घाइतेहरूको काठमाडौंको ट्रमा सेन्टर तथा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्