२८ जेठ २०८३, बिहीबार

२०७७ सालमा ६ दिन बिदा दिने प्रदेश ५ सरकारको निर्णय

बैशाख १०, २०७७
२०७७ सालमा ६ दिन बिदा दिने प्रदेश ५ सरकारको निर्णय

प्रदेश ५ सरकारले २०७७ सालमा ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले बिदाबारे निर्णय गरेको हो ।

मुख्यमन्त्री कार्यालयका अनुसार ६ दिनको बिदा ४ दिन प्रदेशभरका लागि एउटै रहेको छ भने १ दिन स्थानीय तहले दिन पाउनेछन् । अर्को १ दिन भने निश्चित पर्व मनाउने समुदाय र ठाउँका लागि तोकिएको छ ।

२०७७ सालमा प्रदेशले दिने ६ दिनको बिदा सम्बन्धी निर्णय भएको र त्यसमध्ये ४ दिन प्रदेशभर एउटै प्रकारको हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । त्यसरी छुट्याइएको बिदामा बकरइद, माघ १ गते र २ गते माघी बिदा, फागुन ३ गते प्रदेश स्थापना दिवस रहेका छन् ।

त्यसैगरी स्थानीय तहको निर्णयबाट हुने गरी १ दिनको बिदा छुट्याइएको छ । निश्चित पर्व मनाउने समुदाय र ठाउँलाई केन्द्रित गरेर १ दिन बिदा छुट्याइएको छ ।

रुकुम रोल्पामा मनाइने भूमे पूजा, थारु समुदायलाई लक्षित गरी बडकवा अतवारी र पाल्पाको भगवती जात्रा लक्षित गरी बिदा छुट्याइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्