
सर्लाहीमा प्रहरीको नियन्त्रणमा रहेका १७ थुनुवाको कोरोना आरडीटी नतिजा नेगेटिभ देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा विभिन्न अभियोगमा पक्राउ परी हिरासतमा रहेका तिनको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।
थुनुवाको र्यापिड डायग्नोस्टिक टेस्टपछि मात्र म्याद थप गर्ने सम्बन्धी महान्यायाधिवक्ताको कार्यालयबाट परिपत्र आएपछि जिल्ला प्रहरी कार्यालयकोे हिरासतमा रहेका तिनको आरडीटी गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । महान्यायाधिवक्ताको कार्यालयको परिपत्र आएपनि थुनुवाको स्वास्थ्यको जिम्मेवारी प्रहरीको भएकाले उनीहरूको आरडीटी गरिएको बताइएको छ ।
हालसम्म सर्लाहीमा भारत तथा अन्य देशबाट आएका ९७ र जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १७ जनाको आरडीटी भइसकेको प्रमु्ख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।