कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बैशाख ११, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीवार मिडिया ब्रिफिङमा जनकपुरका १ जना १४ वर्षीय किशोरमा समेत कोरोना पोजिटिभ पाइएको बताएका छन् । उक्त सूचना पाएलगत्तै जनकपुरमा भाय र त्रासको माहौल बनेको छ ।
तर देवकोटाले बताए जस्तो जनकपुरमा कुनै पनि व्यक्तिमा कोरोना फेला नपरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका डीएसपी रामेश्वर कार्कीले बताएका छन् । ‘हाम्रो धनुषा जिल्लामा हालसम्म कुनै पनि व्यक्तिमा कोरोना पोजिटिभ आएको छैन,’ डीएसपी कार्कीले लोकान्तरसँग भने, ‘अरु जिल्लामा पाइएको होला, त्यस बारे आफूलाई जानकारी छैन ।’
प्रादेशिक अस्पताल जनकपुरका कोरोना फोकल पर्सन समेत रहेका डा. कुलदीप पण्डितका अनुसार सर्लाही जिल्लाका एक जना १४ वर्षीय युवकमा कोरोना पोजिटिभ पाइएको भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बताएको थियो ।
पोजिटीभ पाइएका व्यक्तिमा यस अघि र्यापीड डायग्नोस्टिक टेस्ट गर्दा पोजिटिभ पाइएको थियो । त्यसपछि उनको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा आइसोलेसनमा समेत भर्ना गरिएको थियो ।
‘त्यहाँ उनको थ्रोट र नसल स्वाब संकलन गरिएको थियो,’ डा. पण्डितले लोकान्तरसँग भने, ‘तर प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा उनको रिजल्ट नेगेटिभ देखिएको थियो ।’ जनकपुरमा गरिएको प्रारम्भिक नतिजामा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उक्त स्वाब काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उता आइसोलेसनमा भर्ना भएका ती युवालाई डिस्चार्ज गरेर सर्लाहीको क्वारेन्टाइनमा फिर्ता पठाइएको थियो ।
जनकपुरमा रहेको प्रयोगशालामा पनि पीसीआर मेसीनबाट नै परीक्षण हुने गर्छ । तर उक्त मेसिनमा नेगेटिभ आएको स्वाबको परीक्षण काठमाडौंमा भने पोजिटिभ आएको छ । अचम्मको कुरा त के हो भने जनकपुरको मेसिनमा निगेटिभ आउने स्वाब थप परीक्षणको लागि काठमाडौं पठाउने नै गरिएको छैन ।
आज उनको कोरोना पोजिटिभ पाइएपछि उनलाई अस्पतालमा ल्याएर उपचार गराउने तयारी गरिएको उनले बताए । १४ दिनअघि उनी भारतको दिल्लीबाट आएका थिए । उनी अहिले पनि क्वारेन्टाइनमा नै रहेको उनले बताए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...