०२ साउन २०८३, शनिबार

पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ति किन आयो ? देवप्रकाश त्रिपाठीको विश्लेषण

कात्तिक २०, २०७४
पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ति किन आयो ? देवप्रकाश त्रिपाठीको विश्लेषण
काठमाडौं, ७ पुस — देशको पछिल्लो अवस्थालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेपछि मुलुकमा एक प्रकारको तरंग सृजना भएको छ । नयाँ वर्ष, दशैं लगायत विभिन्न अवसर पारेर पूर्वराजाले विज्ञप्ति प्रकाशित गर्ने गरेको भएपनि बुधवार कुनै सन्दर्भविना नै पूर्वराजाको विज्ञप्ति प्रकाशित भयो । पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो वक्तव्य किन आयो होला ? यसले के अर्थ राख्छ ? ‘घटना र विचार’ साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीसँग लोकान्तरले प्रतिक्रिया लिएको थियो । प्रस्तुत छ पत्रकार त्रिपाठीको विचार : 


दशवर्षदेखि गरिएको राजनीतिक अभ्यासले मुलुकमा कसैलाई पनि सन्तुष्टि दिएको छैन । सत्तामा बसेकालाई सत्तास्वार्थ बाहेक केही सुझ्दैन । पछिल्लो वक्तव्यले आम नागरिकलाई जस्तै पूर्वराजालाई पनि सन्तुष्टि रहेनछ भनेर बुझ्न सकिन्छ ।

कुनै समय थियो, देशमा प्रजातन्त्र जोगाउनु ठूलो कुरा थियो । यतिबेला देश, राष्ट्रिय एकता, राष्ट्रिय अस्मिता, सामाजिक सद्भाव खल्बलिएको छ, राष्ट्रियता नै कसरी जोगाउने भन्ने खतरा छ ।

आम नेपालीमा जस्तो चिन्ता छ, मुलुकको दुरवस्थाप्रति राजामा पनि आम नेपालीमा जस्तै चिन्ता जाहेर गर्नु अनौठो कुरा भएन । संविधान संशोधनको विषयलाई लिएर देशमा यस्तो स्थिति पैदा नभएको भए पूर्वराजाको यस्तो विज्ञप्ति आउँदैनथियो होला । यसलाई राजाको चीन भ्रमणसँग जोडेर हेर्नु गलत कुरा हो ।

राजाको विज्ञप्तिकै कारण म तत्काल मुलुकमा कुनै परिवर्तन हुने सम्भावना देख्दिनँ, तर राजसंस्था गएपनि पूर्वराजाले देशको विकराल स्थितिप्रति चिन्ता व्यक्त गरेको सन्देश दिन विज्ञप्ति आएको ठान्छु । पूर्वराजा राष्ट्रप्रति सचेत छन् र देशमा भइरहेका राजनीतिक घटनाक्रमलाई सूक्ष्म रूपले हेरिरहेका छन् भन्ने पनि अर्को सन्देश हो । सँगसँगै वर्तमान राजनीतिक नेतृत्वप्रति कटाक्ष गरिएको छ ।

पूर्वराजाको विज्ञप्तिलाई लिएर एकप्रकारको तरंग सृजना भएको छ । हरेक कुरामा तरंगित हुने र आतंकित हुने राजनीतिक नेतृत्वको कमजोर मानसिकताको उपज हो । क्रान्तिको बलमा राजनीतिक परिवर्तन ग-यौं भन्ने राजनीतिक दलहरूको लाचारी हो ।

नेपाललाई नाइजेरिया बनाउने ?
केही समय अगाडि नेपालीलाई प्रजातन्त्र जोगाउने चुनौती थियो, यतिबेला राष्ट्र र राष्ट्रिय एकता जोगाउने चुनौती छ । संघीयताका कारण नै राष्ट्रिय एकतामा चुनौती थपिएको छ ।

नेपालको सन्दर्भमा संघीयता सैद्धान्तिक रूपमै गलत छ, यहाँको आवश्यकता विकेन्द्रीकरण हो । विश्वका दुईथरी संघीयताको अभ्यास गरिएका छन्, पहिलो कमिङ टुगेदर र दोस्रो होल्डिङ टुगेदर । साना-साना राज्य एक आपसमा मिलेर राष्ट्र बन्ने कमिङ टुगेदर मोडेल भयो । छरिएर रहेका राज्यलाई बलियोले कब्जा गरेर निर्माण गरेको होल्डिङ दुगेदर मोडल ।

नेपाल जस्तो एकात्मक र विविधतायुक्त देशलाई टुक्र्याएर बनाइएको संघीयताको मोडल विश्वमा एउटै छ, त्यो नाइजेरिया हो, जहाँ देशलाई जबर्जस्ती टुक्र्याइयो । त्यही विषयलाई लिएर नाइजेरियामा १ सय २ वर्षदेखि विवाद र झगडा छ । नेपालले के नाइजेरियाको बाटोमा जाने हो ?

salt training

कमेन्ट गर्नुहोस्