१० साउन २०८३, आइतबार

देउवाले स्वास्थ्य विज्ञहरूसँग गरेकाे छलफलकाे निष्कर्ष: 'र्‍यापिड टेस्टमा रोक लगाउ'

बैशाख १४, २०७७
देउवाले स्वास्थ्य विज्ञहरूसँग गरेकाे छलफलकाे निष्कर्ष: 'र्‍यापिड टेस्टमा रोक लगाउ'

नेपालमा कोरोना भाइरस संक्रमणको द्रुत परीक्षण (र्‍यापिड टेस्ट) परीक्षणमा रोक लगाउनु पर्ने माग उठेको छ।

र्‍यापिड टेस्टको नतिजा विश्वसनिय नभएको भन्दै कतिपय मुलुकले प्रतिबन्ध लगाइरहेका बेला आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वस्वास्थ मन्त्रीर स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरेका थिए। छलफलमा कांग्रेसका पदाधिकारीहरुको पनि सहभागिता थियो।

छलफलपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'परीक्षण समुदाय स्तरसम्म पुर्‍याउनु पर्ने अनिवार्य आवश्यकता छ। तर र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनु पर्छ र पिसिआर कै क्षमता र दायरा बढाइनु पर्दछ।'

र्‍यापिड टेस्टलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छैन। हालै मात्र भारतको राजस्थान राज्यमा पीसीआरबाट कोरोना पोजेटिभ देखाएको व्यक्तिमा र्‍यापिड टेस्ट गर्दा नेगेटिभ देखाएपछि त्यहाँ रोक लगाइएको छ। 

बैठकमा के के भयाे? यस्ताे छ कांग्रेसद्वारा जारी विज्ञप्ति

१.   लकडाउनले कोरोनासंग जुध्न वातावरण निश्चय नै निर्माण गर्‍यो तर लकडाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको छ l सरकारले आवश्यक गति बढाउनुपर्छ l

२. परीक्षण समुदाय स्तरसम्म पुर्‍याउनु पर्ने अनिवार्य आवश्यकता छ तर र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वब्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनु पर्छ र पिसिआरकै क्षमता र दायरा बढाइनु पर्दछl

 ३‍. स्वास्थकर्मीलाई पर्याप्त पिपीई लगायतका सामग्री अझैपनि नपुगेको स्थिति छl यतिको समय ब्यतित हुँदा पनि अझै सामग्री पर्याप्त नहुँदा स्वास्थकर्मीहरु जोखिमपुर्ण ढंगले कार्य गरिरहेका छन् l तत्काल गुणस्तरीय सामग्री पुर्‍याएर सरकारले कोरोना विरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी छ l

४. कतिपय बेला स्वास्थकर्मीलाई हतोत्साहित गर्ने र गरिएका जे जस्ता घटना भएका छन् त्यसलाई गम्भीरतापूर्वक लिँदै यस्ता घटना देशभर कहिँपनि हुन नदिन सतर्कता र गम्भीरता जरुरी छl

५. अस्पतालहरुको हालको क्षमताको एकातर्फ अधिकतम उपयोग, अर्कातर्फ संक्रमितको संख्या बढ्नुसंगै जनशक्ति र उपकरणहरुको वृद्धिमा गति बढाउन जरुरी छ l

६. अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्दछl उपचार कठिनाइसँगै अत्यावश्यक औषधिहरुको अभाव हुँदै जाँदा त्यसले नयाँ जोखिम उत्पन्न गर्नेछ, अत औसधि उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छl

 ७. कयौं ठाउँका क्वारेन्टाइन निश्चित मापदण्ड अनुरुपको नभएको र त्यसो हुँदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने देखिएको छ भने अर्कातर्फ डेङ्गो, मलेरिया र अन्य रोगको संक्रमण समेत भएको विवरण आएका छन् l अत विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनहरुको उचित ब्यवस्थापन जरुरी छl

 

salt training

कमेन्ट गर्नुहोस्