३१ असार २०८३, बुधबार

यी महिलामाथि लाग्यो कोरोनाभाइरस फैलाएको झूटो आरोप

बैशाख १५, २०७७
यी महिलामाथि लाग्यो कोरोनाभाइरस फैलाएको झूटो आरोप

अमेरिका सेनामा कार्यरत मात्जे बेनास्सी नामक महिलालाई षड्यन्त्र सिद्धान्तकारहरूले कोरोनाभाइरस महाव्याधि फैलाएको आरोप लगाउँदै तारो बनाएपछि मुश्किल परेको छ । उनले नै रोग चीन पुर्‍याएको भनी आरोप लगाइएको छ । 

यस्ता झूटा दाबीहरू यूट्युबमा लगातार फैलिरहेका छन् र ती भिडियोको भ्युहरू बढिरहेका छन् । त्यसलाई चिनियाँ कम्युनिस्ट पार्टीको सञ्चारमाध्यमले पनि अंगीकार गरेका छन् । 

कोरोनाभाइरस पोजिटिभ पनि नपाइएकी अनि लक्षण समेत नदेखिएकी बेनास्सी र उनका पतिको बारेमा चिनियाँ सामाजिक सञ्जालमा बाक्लो चर्चा गरिन थालेको छ । 

यस्ता दाबीहरू सार्वजनिक हुन थालेपछि बेनास्सी जोडीको जीवन खतरामा परेको छ । उनीहरूको ठेगाना अन्लाइनमा पोस्ट गरिएको छ । सामाजिक सञ्जालमा उनीहरूको इन्बक्समा षड्यन्त्र सिद्धान्तमा विश्वास गर्नेहरूको सन्देश आइरहेका छन् । अहिले उनीहरूले आफ्ना अकाउन्ट बन्द गरिसकेका छन् । 

‘दिनदिनै हामी दुःस्वप्न देख्न बाध्य भएका छौं,’ मात्जेले सीएनएनलाई बताइन् । 

सामाजिक सञ्जालमा फैलिने झूटा दाबीले मानिसको जीवनमा कस्तो असर पार्छ भन्ने कुरा यो घटनाले स्पष्ट बनाएको छ । 

मात्जे र उनका पति म्याट सरकारी जागिरमै छन् । मात्जे भर्जिनियास्थित अमेरिकी सेनाको फोर्ट बेल्भोआमा सुरक्षा अधिकृत हुन् । म्याट अमेरिकी वायुसेनाका सेवानिवृत्त अधिकारी हुन् । 

अमेरिकी सैनिकहरूले कोरोनाभाइरस वुहानमा भित्र्याएको भनी चीनका एक शीर्ष कूटनीतिकर्मीले दाबी गरेपछि मात्जेमाथिको आक्रमण शुरू भएको हो । उनी सन् २०१९ को अक्टोबर महिनामा मिलिटरी वर्ल्ड गेम्समा भाग लिन वुहान शहर पुगेकी थिइन् । त्यही शहरमा गत डिसेम्बर महिनाबाट कोरोना संक्रमण फैलिन शुरू भएको थियो । 

मात्जेले उक्त प्रतियोगितामा साइक्लिङमा भाग लिएकी थिइन् । अन्तिम मोडमा पुग्दा उनी दुर्घटनामा परिन् अनि उनको करङ भाँच्चियो । तैपनि उनले दौड पूरा गरिन् । 

त्यो घाउ त ठीक भयो तर उनको जीवनमा त्यसभन्दा खराब कुरा आउन बाँकी नै रहेछ । अमेरिकी सेनाका सयौं खेलाडीले उक्त प्रतियोगितामा भाग लिएको भए पनि उक्त समूहबाट मात्जेलाई छानेर षड्यन्त्र सिद्धान्तको केन्द्रमा राखियो । 

अब जे हुनुछ त्यो होला तर आफूलाई क्षति भइसकेको मात्जे बेनास्सी बताउँछिन् । ‘अब मेरा लागि पहिलेको समय हराइसक्यो । मेरो नाम गूगल गर्नुभयो भने पेसेन्ट जिरो (कोरोनाभाइरसको पहिलो रोगी) भनेर आइहाल्छ ।

सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्