२६ जेठ २०८३, मंगलबार

विवाद समाधानका लागि निर्णायक छलफल गर्न भन्दै प्रचण्ड बालुवाटारमा

बैशाख १६, २०७७
विवाद समाधानका लागि निर्णायक छलफल गर्न भन्दै प्रचण्ड बालुवाटारमा
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् । 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको पछिल्लो समस्याको समाधान गर्न शीर्ष नेताहरू दौडधूपमा रहेका बेला दुई अध्यक्षबीच भेट शुरू भएको हो ।

मंगलवार सचिवालय बैठक बोलाउने सहमति भएपनि बैठक अनिश्चित बनेको थियो । 

दुई अध्यक्षबीच सचिवालय बैठक बोलाउने सम्बन्धमा छलफल भएको स्रोतले जानकारी दियो । 

‘अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग निर्णायक छलफल गर्नका लागि बालुवाटार जानुभएको हो,’ प्रचण्डनिकट स्रोतले लोकान्तरलाई बतायो ।

salt training

कमेन्ट गर्नुहोस्