
हालै मात्र उपल्लो तहमा बढुवा भएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
गृह मन्त्रालय मन्त्रीस्तरको वैशाख १७ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा पदोन्नति भएका १९ जना र गृह मन्त्रालय सचिवस्तरको वैशाख १८ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक (एसपी( पदमा पदोन्नति भएका २४ जना प्रहरी अधिकृत दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उनीहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिह्नबाट सुशोभन गरे।