०३ असार २०८३, बुधबार

एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

बैशाख २२, २०७७
एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

 कोरोना  भाइरस   (कोभिड–१९ ) सङ्क्रमितको    सङ्ख्या  ७५  पुगेको    छ ।

आइतबार    मात्रै    नेपालगञ्ज र   वीरगञ्जमा गरी १६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार    वीर गञ्जमा एक  र    ने पालगञ्जमा  १५  गरी  थप  १६  जनामा  कोरोना  भाइरस सङ्क्रमण  पुष्टि  भएको    हो   ।  

कोरोना  भाइरस  सम्बन्धी  नियमित पत्रकार    सम्मेलनमा  मन्त्रालयका  प्रवक्ता  डा.  विकास  देवकोटाले   वीरगञ्जमा  एक  र    नेपालगञ्जमा  नौ    गरी  १०  जनामा  कोरोना सङ्क्रमणको     पुष्टि   भएको     जानकारी दिएका थिए । मन्त्रालयले     साँझ   विज्ञप्ति   जारी   गरी   नेपालगञ्जको     भेरी अस्पतालस्थित  प्रयोगशालाबाट  थप  तीन  पुरुष  र    तीन  महिलामाकोरोना भाइरस  सङ्क्रमण  भएको    पुष्टि  गरेको    थियो   ।

मन्त्रालयका   अनुसार नेपालमा  सङ्क्रमितको    सङ्ख्या ७५   पुगेको     छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

*यसअघि समाचारको हेडलाईनमा नेपालमा संक्रमितको संख्या ७५ पुग्यो हुनुपर्नेमा संक्रमितको संख्या ८५ पुग्यो हुन गएकोमा क्षमा चाहन्छौं ।

salt training

कमेन्ट गर्नुहोस्