२९ असार २०८३, सोमबार

भारत पाकिस्तान तनाव बढ्ने संकेत, गिल्गिट बाल्टिस्तान छोडेर जान पाकिस्तानलाई चेतावनी

बैशाख २२, २०७७
भारत पाकिस्तान तनाव बढ्ने संकेत, गिल्गिट बाल्टिस्तान छोडेर जान पाकिस्तानलाई चेतावनी

आगामी केही दिनमा गिल्गिट बाल्टिस्तानका विषयमा भारत र पाकिस्तानबीच चर्को विवाद हुने देखिएको छ । 

सोमवार भारतले गिल्गिट बाल्टिस्तान क्षेत्रमा चुनाव गराउने पाकिस्तान सर्वोच्च अदालतको निर्णयप्रति आपत्ति जनाउँदै पाकिस्तान सरकारलाई डेमार्श (राजनीतिक पहल) जारी गरेको छ ।

त्यो भनेको भारतले पाकिस्तानप्रति गहिरो आक्रोश प्रकट गरेको हो । गिल्गिट बाल्टिस्तान क्षेत्र भारतको अभिन्न अंग भएकाले पाकिस्तानको न्यायपालिकाले त्यसमा निर्णय दिने क्षेत्राधिकार नराख्ने भारतको भनाइ छ । यससँगै भारतले पाकिस्तानलाई उक्त क्षेत्र छोडेर जान पनि भनेको छ । 

जम्मु कश्मीर क्षेत्रको नियन्त्रण रेखामा भारत र पाकिस्तानका सैसनकबीच भीषण भिडन्त भइरहँदा भारतको यस्तो प्रतिक्रिया आएको हो । कश्मीरमा आतंकवादी गतिविधि गराउँदै गिल्गिट बाल्टिस्तानमा चुनाव गराउने षड्यन्त्र भारतले बुनेको भारतीय विश्लेषकहरूको कथन छ । 

कश्मीरमा भिडन्त गराएर संसारको ध्यान त्यहाँ आकर्षित गर्दै राजनीतिक षड्यन्त्र पूरा गर्ने दाउमा पाकिस्तान लागेको बुझाइ भारतको छ । 

भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा रहेको पाकिस्तान उच्चायोगका वरिष्ठ अधिकारीलाई बोलाएर भारतीय पक्षको आक्रोशको जानकारी दिए । जम्मु कश्मीर क्षेत्रमा पर्ने गिल्गिट बाल्टिस्तान भारतकै भएको मन्त्रालयले जनाएको छ । 

बिहीवार पाकिस्तानको सर्वोच्च अदालतले गिल्गिट बाल्टिस्तानमा आम चुनाव गराएर नयाँ सरकार बनाउन तथा त्यतिखेरसम्मका लागि अस्थायी सरकार गठन गर्न समेत केन्द्र सरकारलाई आदेश दिएको छ । उक्त क्षेत्रलाई

पाकिस्तानको पूर्ण राज्यका रूपमा स्थापना गर्ने पाकिस्तानको कोशिशलाई चुनावले मद्दत गर्ने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्