सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गर्न प्रचण्ड सोमवार अपराह्न बालुवाटार पुगेका थिए ।
छलफलमा २५ गते बस्न लागेको स्थायी कमिटी बैठकका एजेण्डाबारे कुराकानी भएको बताइएको छ ।
गत शनिवार साँझ बसेको सचिवालय बैठकले २५ गते बस्नेगरी स्थायी कमिटी बैठकको मिति तय गरेको थियो ।
बैठकमा प्रस्तुत गरिने दस्तावेज लेख्ने जिम्मेवारी प्रचण्डले पाएका थिए ।
गत शनिवार बसेको सचिवालय बैठकले नेकपाभित्र चलिरहेको विवाद साम्य पारेको थियो ।