०३ असार २०८३, बुधबार

सरकारले भन्यो- नयाँ भर्ना नगर, अनलाइन कक्षाका नाममा शुल्क नलिनू

बैशाख २२, २०७७
सरकारले भन्यो- नयाँ भर्ना नगर, अनलाइन कक्षाका नाममा शुल्क नलिनू

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि भर्ना नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ। 

मन्त्री स्तरीय निर्णयले सरकारले अर्को व्यवस्गा नहुनजेलसम्मका लागि कुनै पनि तहमा नयाँ भर्ना नलिन र अनलाइन पठनपाठनका नाममा शुल्क नलिन भनेको हो।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा निजी  विद्यालयले आवास शुल्क बाहेक एक महिना (चैत) को अन्य शुल्क छुट दिन यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णयको कार्यान्वयनका लागि पनि स्मरण गराइको छ।

यसैगरी, सरकारले परीक्षा सम्बन्धी कुनै निर्णय नभएको पनि प्रष्ट पारेको छ। एसईई र कक्षा ११ तथा १२ का परीक्षा हाल स्थगित छन्। 
 

salt training

कमेन्ट गर्नुहोस्