०७ साउन २०८३, बिहीबार

इटलीमा कोरोनाका कारण ७ लाख बालबालिका पर्याप्त खानाबाट वञ्चित

बैशाख २८, २०७७
इटलीमा कोरोनाका कारण ७ लाख बालबालिका पर्याप्त खानाबाट वञ्चित
File Photo

इटलीमा कोरोनाभाइरस सङ्क्रमणका कारण करिब सात लाख बालबालिकाहरू पर्याप्त भोजनबाट वञ्चित भएको इटलीको किसानहरूको प्रमुख संगठन कोल्डरेट्टीले बताएको छ । 

संगठनका अनुसार कोभिड–१९ सङ्क्रमणको महामारीका कारण स्कूल बन्द भएपछि गरीब परिवारका बालबालिकाले विद्यालयको क्यान्टिनले दिने लन्चमा पहुँच पाउन नसकेको र स्वास्थ्य सङ्कटको कारण आर्थिक कठिनाइ झनै नराम्रो भएको कारण केटाकेटीको आवश्यक न्यूनतम आहारामा निकै कमी भएको हो । 

‘इटलीमा दुध वा खाना लिन सहयोग चाहिने १५ बर्षभन्दा मुनिका बच्चाहरूको सङ्ख्या सात लाख रहेको छ,’ कोल्डरेट्टीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

यो सङ्कटले गरिबलाई थप  गरीबीको चपेटामा पारेको र मौसमी र अस्थायी कामदारहरूलाई साना व्यवसायी र व्यापारीमा आश्रित बनाएको विज्ञप्तिमा बताइएको छ। 

कागजीरूपमा वैधता नपाएका कामदारहरू पनि महामारीका कारण नराम्ररी प्रभावित बनेका छन्। सामान्यतया उनीहरूको कुनै बचत हुँदैन र काम गर्न नसक्दा राज्यबाट पाउने सहयोगको कुनै बाटो नै रहँदैन। दक्षिणी इटलीमा यसरी कठिनाई भोग्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ।

इटलीमा सङ्कटका कारण खाद्यान्नमा मूल्य वृद्धि भएको छ। इटलीमा महामारी पहिलेको तुलनामा महामारीको समय अप्रिलमा फलफूलमा ८।४ प्रतिशत, तरकारीमा पाँच प्रतिशत र दूधकोमा ४।१ प्रतिशतले मूल्यवृद्धि भएको बताइएको छ।

 यद्यपि इटलीमा सक्रिय सयौँ धार्मिक संस्था तथा परोपकारी संस्थाहरूले यथोचित सहयोगको प्रयास गरेपनि एक साथ ठूलो सङ्ख्यामा सहयोग गर्नुपर्दा कठिनाई भइरहेको बताइएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्