
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले लिपुलेकबारे कानुनी उपचार खोज्नुपर्ने बताएका छन्।
भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेपछि नेपालमा यसको चर्काे विरोध भइरहेका बेला डा भट्टराईले वक्तव्यवाजीको सट्टा गम्भीर कुटनीतिक पहल, कानूनी उपचारको तयारीमा लाग्नु बेस हुने बताएका हुुन्।
आइतबार राति ट्वीट गर्दै उनले भनेका छन्, ‘लिपुलेकबारे सबै राजनीतिक दल र जनस्तरबाट स्वस्फूर्त रूपमा पोखिएको देशभक्तिको भावना स्तुत्य छ। यसलाई प्रम (केपी ओली) ले आफ्नो गैरजिम्मेवारीपन,अन्तर्राष्ट्रिय अविश्वसनीयताको अनुमोदन ठान्ने गल्ती गर्नुभएन। वक्तव्यवाजी सट्टा गम्भीर कुटनीतिक पहल, कानुनी उपचारको तयारीमा लाग्नु वेश होला।'
लिपुलेकवारे सबै राजनीतिक दल र जनस्तरबाट स्वस्फूर्त रूपमा पोखिएको देशभक्तिको भावना स्तुत्य छ।यसलाई प्रम@kpsharmaoli ले आफ्नो गैरजिम्मेवारीपन,अन्तर्राष्ट्रिय अविश्वसनीयताको अनुमोदन ठान्ने गल्ती गर्नुभएन! बक्तव्यवाजी सट्टा गम्भीर कुटनीतिक पहल,क़ानूनी उपचारको तयारीमा लाग्नु वेश होला!
— Baburam Bhattarai (@brb1954) May 10, 2020