०७ साउन २०८३, बिहीबार

रोयल्टी र नवीकरण शुल्क छुट गर्न माग

बैशाख २९, २०७७
रोयल्टी र नवीकरण शुल्क छुट गर्न माग

सामुदायिक टेलिभिजनहरूको संस्था एलाइन्स फर कम्युनिटी मिडियाले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको विपत्तिमा समुदाय स्तरमा सूचना संवाहकको रुपमा रहेका सामुदायिक टेलिभिजनहरू अत्यन्त आर्थिक संकटमा रहेकोले संकटबाट जोगाउन सरकारसंग आग्रह गरेको छ ।

लकडाउनका कारण उद्योग धन्दा तथा व्यापार व्यवसाय बन्द हुंदा विशेषगरी टेरेस्टेरीयल र केवुल प्रविधिमा आधारीत सामुदायिक टेलिभिजनहरूको विज्ञापन बजार बन्द भएको भन्दै यस्तो संकटको बेला सामुदायिक टेलिभिजनहरू जोगाउन सरकारसंग आग्रह गरेको हो । 

संस्थाका संयोजक दिनेश पाण्डेको नेतृत्वको टोलिले प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

उक्त ध्यानाकर्षण पत्रमा टेलिभिजनहरूको नविकरण तथा रोयल्टी शुल्क मिनाह गर्नका लागि संघीय सरकारसंग समन्वय गरिदिन आन्तरिक मामिला मन्त्रालयलाई आग्रह गरिएको छ । पत्र बुझ्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले संकटको समयमा सामुदायिक टेलिभिजनहरूलाई बचाउन आफ्नो तर्फबाट पहल गर्ने बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्