२२ असार २०८३, सोमबार

चीनमा नक्कली दूध पिएर बालबालिका बिरामी परेपछि छानबीन शुरू

जेठ २, २०७७
चीनमा नक्कली दूध पिएर बालबालिका बिरामी परेपछि छानबीन शुरू

चीनको हुनान प्रान्तमा नक्कली धूलो दूध पिएपछि बालबालिकामा जटिल स्वास्थ्य समस्या देखिएपछि अधिकारीहरूले छानबीन शुरू गरेका छन् । 

साउथ चाइना मर्निङ पोस्टका अनुसार, योङसिङ काउन्टीमा बेइ आन मिन नामक प्रोटीन पेयपदार्थलाई दूध भनी लभ बेबीज वर्कशपले बेचेको थियो ।

पाँचजना बालबालिकाका मातापिताले काउन्टीको बजार अनुगमन अधिकारीलाई बच्चाहरूमा एक्जेमा नामक छालारोग लागेको बताए । त्यो रोग लागेपछि छाला रातो हुने र चिलाउने, तौल घट्ने र टाउको सुन्निने समस्या देखिन्छ । प्रोटीन ड्रिंक पिएपछि बच्चाहरूमा त्यो समस्या देखिएको हो । 

चीनमा नक्कली धूलो दूध बेचिने गरेकाले चिनियाँ मातापिता विदेशी ब्रान्डका दूध मात्र आफ्ना सन्तानलाई पिलाउँछन् । सन् २००८ मा प्लास्टिक बनाउन प्रयोग गरिने मेलामाइन धूलो दूधमा हालिएको र त्यो दूध पिएर ६ बालबालिकाको मृत्यु भएको घटना निकै विवादित बनेको थियो । 

सन् २००३ मा आन्हुई प्रान्तको फुयाङमा कमसल दूध पिउँदा १३ बालबालिकाको मृत्यु भएको थियो अनि १७१ लाई उपचार गराउनुपरेको थियो ।

अहिलेको घटनामा मातापिताहरू सामान्य दूधमा एलर्जी भएका बच्चाका लागि अमिनो एसिड राखिएको धूलो दूध किन्न गएका थिए । 

पसलका कर्मचारीले बेइ आन मिन सिफारिश गर्दै यो उत्कृष्ट भएको अनि एलर्जीले सताएका बालबालिकाका लासग उपयुक्त रहेको बताए । 

बट्टामा प्रोटीन लेखिएको भए पनि पसलेले बच्चाको दूधकै अर्को नाम भएको बताएको झु नामक एक अभिभावकले बताए । 

salt training

कमेन्ट गर्नुहोस्