०३ असार २०८३, बुधबार

सर्लाहीबाट मोटरसाइकलमा काठमाडौं जाँदा युवतीमा कोरोना संक्रमण

जेठ ३, २०७७
सर्लाहीबाट मोटरसाइकलमा काठमाडौं जाँदा युवतीमा कोरोना संक्रमण

सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ४ की १८ बर्षीय युवतीलाई कोरोना पोजेटिभ पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जेठ ३ गते बिहान १० बजे प्रेस बिज्ञप्ति जारी गरेर उक्त कुराको पुष्टि गरेका छन् । 

रामनगर गाउँपालिका स्थित स्वास्थ्य चौकीका प्रमुख सिअहेव पंचित रायका अनुसार संक्रमित ब्यक्ति रामनगर गाउँमा नरहेर काठमाडौंमा रहेका छन । काठमाडौंमैं उनको उपचार हुँदा त्यहाँ बाट नै पत्ता लागेकोले गाउँमा उनी अहिले नरहेको रायले बताए । 

तर, उक्त वडाका वडाध्यक्ष राम नरेश महतोका अनुसार संक्रमित युवती बैशाख २२ गते गाउँ बाट काठमाडौं गएकी हुन् । ‘लक डाउन हुनु भन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौं बाट गाउँमा आएकी थिईन्,’ महतोले भने,‘तर, दुई वटा मोटर साइकलमा उनी आफ्नो दुई जना भाई बहिनी साथ काठमाडौं गएका थिए । ’

दुई वटा मोटर साइकलमा चार जना काठमाडौं गएको भए पनि एक जना युवतीमा मात्र कोरोना पोजेटिभ पाइएको छ ।  काठमाडौं जाने वेलामा उनलाई प्रशासनले रोकर क्वारेनटाईनमा राखेर चेक जाँच गराउदा कोरोना पोजेटिभ पाइएको उनले बताए । ती युवतीका बुवा र आमा समेत काठमाडौंमैं बस्ने गर्छन् । उनका बुवाले त्यहाँ फर्नीचरको काम गर्ने गरेका छन् भने उनी सहित भाई बहिनी पढ्ने गरेको वडाध्यक्ष महतोले बताए । 

‘उनलाई यहीं रामनगरमा नै कोरोना संक्रमण भयो वा काठमाडौं जाने बेला बाटोमा भयो वा काठमाडौंमैं भयो भन्ने कुरा खुल्न सकेको छैन,’ वडाध्यक्ष महतोले भने,‘यहाँ गाउँमा ती युवतीको हजूर बुवा, हजूर आमा, काका, काकी सहित बस्ने गरेका छन् । ’ रामनगरमा अहिले त्रासको वातावरण छ ।
 

salt training

कमेन्ट गर्नुहोस्